बाढीले कालुङखोला जलविद्युत आयोजना बगायो

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बुधबार बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युतगृह र तीनवटा झुलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढीले एक गोरू समेत बगाएको छ भने करिब १० घर उच्च जोखिममा परेका छन्। स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Jul 9, 2025 - 07:49
 0
बाढीले कालुङखोला जलविद्युत आयोजना बगायो

काठमाडौं ।

बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बुधबार बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युतगृह र तीनवटा झुलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीले एक गोरू समेत बगाएको छ भने करिब १० घर उच्च जोखिममा परेका छन्। स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register