बाढीले खण्डहर बनेको स्याफ्रुबेसी-टिमुरे सडक (तस्वीरहरू)

काठमाडौं । यही असार २४ गते बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी-टिमुरे सडक पूर्णरुपमा अवरोध भएको छ । ठाउँ-ठाउँमा गएको पहिरोका कारण पैदल यात्रा गर्नसमेत कठिन भएको छ । गोसाइँकुण्ड गाउँपालिका-३ लिङलिङमा सडक बाढीले बगाउँदा सो क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले बाटो बनाउने काम […]

Jul 10, 2025 - 10:48
 0
बाढीले खण्डहर बनेको स्याफ्रुबेसी-टिमुरे सडक (तस्वीरहरू)

काठमाडौं । यही असार २४ गते बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी-टिमुरे सडक पूर्णरुपमा अवरोध भएको छ । ठाउँ-ठाउँमा गएको पहिरोका कारण पैदल यात्रा गर्नसमेत कठिन भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका-३ लिङलिङमा सडक बाढीले बगाउँदा सो क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले बाटो बनाउने काम गरेतापनि सवारी साधनका लागि भने सडक कहिले खुल्ने टुंगो छैन । नेपाल चीन जोड्ने प्रमुख सडक अवरोध हुँदा काठमाडौं उपत्यका प्रवेश गर्ने सयौं मालवाहक सवारी साधनहरु टिमुरे मै थन्किएका छन् ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register