यी हुन् एनपीएलका ८ टिमले रिटेन गरेका ५१ खेलाडी

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि टोलीहरूले धमाधम तयारी थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मिनी अक्सनका लागि खेलाडी दर्ता पनि सुरु गरिसकेको छ । क्यानले साउन ६ गतेसम्मका लागि खेलाडी दर्ताको समय दिएको छ । अक्सनमा फ्रेन्चाइज टिमहरूले रिलिज गरेका र अन्य खेलाडीहरूले नाम दर्ता गराउन सक्छन् […]

Jul 13, 2025 - 10:02
 0
यी हुन् एनपीएलका ८ टिमले रिटेन गरेका ५१ खेलाडी

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि टोलीहरूले धमाधम तयारी थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मिनी अक्सनका लागि खेलाडी दर्ता पनि सुरु गरिसकेको छ । क्यानले साउन ६ गतेसम्मका लागि खेलाडी दर्ताको समय दिएको छ ।

अक्सनमा फ्रेन्चाइज टिमहरूले रिलिज गरेका र अन्य खेलाडीहरूले नाम दर्ता गराउन सक्छन् । टिमहरूले आफूलाई आवश्यक पर्ने खेलाडी अक्सनमार्फत पूर्ति गर्नेछन् । तर, रिटेन भएका खेलाडीहरू भने ढुक्क छन् ।

प्रतियोगितामा सहभागिता जनाउने आठवटै टोलीले स्वदेशी खेलाडी रिटेन गरिसकेका छन् । पाँच टोलीले ६/६ खेलाडी रिटेन गरेका छन् भने तीन टोलीले ७/७ खेलाडी टोलीमा यथावत् राखेका छन् । आठ टोलीले कुल ५१ खेलाडी रिटेन गरेका छन् ।

पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सले मार्की खेलाडी आशिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । जसमा अनिलकुमार साह, ललिल राजवंशी, रुपेश सिंह, किशोर महतो, शुभ कंसाकार र तुलबहादुर थापामगर रहेका छन् ।

यस्तै, उपविजेता सुदूरपश्चिम रोयल्सले पनि कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरन साउद गरी छ खेलाडीलाई टोलीमा राखेको छ ।

यस्तै, पहिलो संस्करणमा तेस्रो स्थान हासिल गरेको चितवनले ६ खेलाडी रिटेन गरेको छ । जसमा मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसीलाई टोलीमा यथावत् राखेको छ ।

भारतीय खेलाडी शिखर धवनलाई ल्याएर पहिलो संस्करणमा सबैभन्दा धेरै चर्चा कमाएको कर्णाली याक्सले ६ खेलाडीलाई टोलीमा राखेको छ । जसमा मार्की खेलाडी गुल्शनकुमार झा, विपिन शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरी छन् ।

यस्तै, काठमान्डु गोर्खाजले पनि मार्की तथा कप्तान करण केसी, शाहाब आलम, भीम सार्की, राशिद खान, दिपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ । गत संस्करणमा काठमान्डु पाँचौँ स्थानमा रहेको थियो ।

विराटनगर किङ्सले मार्की तथा कप्तान सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बासिर अहमद, नरेन भट्ट, सुवास भण्डारीलाई टोलीमा रिटेन गरेको छ ।

यस्तै, राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्सले पनि ७ खेलाडी रिटेन गरेको छ । जसमा सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दास छन् ।

गत संस्करणमा कमजोर प्रदर्शन गरेको लुम्बिनी लायन्सले पनि राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, अभिषेक गौतमलाई रिटेन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register