आजको नयाँ भारत कसले भन्छ परिवर्तन भएको छैन?

देशको नयाँ बनेको संविधानमा हिन्दुराष्ट्र हटाइएर सेकुलर राष्ट्रको रुपमा प्रस्तुत गरिएको छ |  जब हिन्दू धर्म आफैले सर्व धर्म समभाव भन्दछ तब सेकुलर राष्ट्र भन्न जरुरी किन भयो होला ? यो प्रश्नको उत्तर कसले देला?

Oct 13, 2021 - 22:00
Oct 22, 2021 - 08:32
 0

आजको नयाँ भारत कसले भन्छ परिवर्तन भएको छैन?

सन् 2014 अगाडि  भारतको प्रधानमन्त्री अथवा राज्यकै कुनै मुख्य मन्त्रीहरूले खुलेयाम हिन्दु रितिरिवाजलाई फलो गरेर होमादि गर्ने, मन्त्र उच्चारण गर्ने, खुलारुपमा आफ्नो कल्चरलाई जनताको माझ पस्किने कहिले देख्नुभएको थियो?

भारतका प्रधानमन्त्री, मन्त्री गणहरु,अधिकांश प्रमुख दलका नेताहरु लगायत अन्य प्रभारीहरु मुस्लिम तुष्टिकरण को कारणले कहिले पनि आफ्नो धर्म, संस्कृति, रितिरिवाजलाई बढुवा  दिन सकेनन् |

हिजोमात्र-अष्टमीको दिन, बङ्गलादेशमा  करिब 15 वटा देवीका मण्डल हरु तोडफोड गरियो |
सर्वधर्म समभाव को सिद्धान्त लिएर हिंडेको हिन्दुधर्मको अहिंसा प्रवृत्तिलाई कमजोर भन्ठानेर यस्तो कृत्यहरू धेरै सुन्नमा आइरहन्छन् | बङ्गलादेश होस्, पाकिस्तान होस् या अफगानिस्तान नै किन नहोस् यी सबै इस्लामिक राष्ट्रहरूमा हिन्दू, शिख, बौद्ध धर्मलम्बी हरु माथि  यस्ता अन्याय हरु भइराखेका छन् |  त्यतिमात्र कहाँ हो र जहाँ  हिन्दू, बौद्ध,शिख को संख्या कम हुन्छ उनीहरूको छोरी चेलीहरु माथी निकै ठूलो अपराध  हुनेगर्दछ | धेरैजसो चेलीहरुलाई अगुवा गरेर आफ्नो धर्ममा समावेश गर्ने चलन यी देशहरुमा अत्याधिक मात्रामा हुनेगर्दछ|

धर्मकै कारणले जब भारतलाई दुई टुक्रा बनाएर पाकिस्तान बनाईयो तब पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान गरेर करिब 30 प्रतिशत हिन्दू धर्मावलम्बीहरु थिए | आज आएर यी देशहरुमा हिन्दू धर्मावलम्बीहरूको संख्या घटेर करिब 5% देखि 8 प्रतिशत मात्र रहेको छ |  जबकि भारतमा विभाजन अघि लगभग 10% देखिन् 15% मुस्लिमहरु थिए भने आज त्यो संख्या बढेर करिब 30 प्रतिशत भैसकेका छ| 
कस्तो सोच होला ईस्लामिक धर्मावलम्बीहरूको, जसको मुख्य उद्देश्य नै अरुलाई लोभ, लालच, डण्ड र मृत्यु भय सबै तरिका अपनाएर आफ्नो धर्ममा गाभ्ने ?

यदि सबै धर्म बराबर हो भने धर्मान्तरण गर्नुको कारण के हो?  यो अत्याधिक ठूलो प्रश्न हो |


PM Narendra Modi at Kashi Vishwanath

विगतका दिनहरुमा भारतका राजनेताहरुले मुस्लिम तुष्टिकरण का कारणले यस्तो घोर मानसिकताको अगाडि घुँडा टेकेका थिए | तर आज आएर भारतका विभिन्न राज्यका मुख्य मन्त्रीहरु, देशकै प्रधानमन्त्री लगायत अरु विशिष्ट व्यक्तित्वहरुले  हिन्दू रीतिरिवाज अनुसार सारा समाज र विश्वको अगाडि पूजाआजा गरेको देख्दा भारत साँच्ची नै बदलिएको आभास भएर आउँछ |भारतको एउटा राज्य उत्तर प्रदेशका मुख्यमन्त्री श्री आदित्य नारायणले आज गरेको कन्यापूजा देख्दा सारा हिन्दु धर्मावलम्बीहरूको मन प्रसन्न भएर पक्कै आयो होला |

इस्लामिक  विचारधारा जुन देशमा प्रवेश गर्छ त्यो देशमा सर्वप्रथम आफ्नो संख्या वृद्धिमा फोकस गर्दछ |  त्यतिबेला उनीहरुलाई न त Sharia Law चाहिन्छ न त इस्लामिक कानुन नै चाहिन्छ |  जब उनीहरूको संख्या 15% देखि माथि हुन थाल्दछ तब उनीहरूको संघर्ष सुरु हुन थाल्दछ |  हो यही बेला राजनैतिक दलहरुले त्यो जमातलाई आफ्नो भोट बैंक बनाउनलाई नराम्रो राजनैतिक खेल खेल्दछन् | 

नेपाल जस्तो सानो देशमा पनि यसको प्रभाव नपर्ला भन्न सकिन्न |  तपाई आफै बिचार गर्नुस त नेपालको राजधानी काठमाडौंको सेन्टरमा मस्जिद बनाइएको छ |  90 प्रतिशतभन्दा बढी हिन्दु धर्मलम्बीहरु वसोवास भएको देशको राजधानीको सेन्टरमा मस्जिद बनाउने अनुमति कसले दियो होला ? के मस्जिद बनाउनलाई राजधानीमा कुनै अर्को ठाउँ दिन सकिँदैन थियो होला?  यी प्रश्नहरूको उत्तर कसले देलान्?

नेपाल देशको नयाँ बनेको संविधानमा हिन्दुराष्ट्र हटाइएर सेकुलर राष्ट्रको रुपमा प्रस्तुत गरिएको छ |  जब हिन्दू धर्म आफैले सर्व धर्म समभाव भन्दछ तब सेकुलर राष्ट्र भन्न जरुरी किन भयो होला ? यो प्रश्नको उत्तर कसले देला?

जबसम्म हिन्दू धर्मावलम्बीहरुको घरदैलोमा अथवा आफ्नो छोरी चेलीहरुमा प्रब्लम आउँदैन तबसम्म उनीहरु जाग्दैनन् | हिजो अस्ति पश्चिम बंगालमा चुनावको नतिजा आइसकेपछि जुन किसिमको हिंसा हिन्दुहरु माथि भयो त्यसको विरोध संसारभरि गरिएको पाइएन | इस्लामिक धर्मलम्बीहरु युरोपमा कसैले एउटा चित्र बनायो भने सारा विश्वमा आतंक मच्चाउँछन् | यस्तो किन होला ?

अरु प्रचलित मुख्य धर्महरु हेर्नुभयो भने सर्वधर्म समभाव पाइँदैन |  मेरो धर्म नै सही हो अरु सबै नर्क जान्छन् भन्ने मूल भावना रहेको हुन्छ |  एक हिन्दु धर्म मात्र यस्तो धर्म हो जसले सर्वधर्म समभाव र वसुधैव कुटुम्बकम भन्दछ |  वास्तवमा हिन्दु धर्म भनेको के हो मैले आज सम्म बुझ्न सकेको छैन |  जुन भगवानलाई पनि पूजा गर्न पाइने जसरी पनि पूजा गर्न पाइने, तपाईं  भगवान रामलाई मान्नुहोस्,  भगवान कृष्णलाई मान्नुहोस्, अम्बे मातालाई मान्नुहोस्, भगवान विष्णुलाई मान्नुहोस्,  हनुमानको पुजा गर्नुहोस, भगवान इन्द्रको पूजा गर्नुस्,  यस्ता अनेकौं भगवानहरु लाई विभिन्न तरिकाले पुज्ने र मान्ने चलन हाम्रो धर्ममा पाइन्छ |

यस्तो विशाल सोच र मान्यता भएको हिन्दू संस्कार र धर्मलाई किन ओझेलमा पार्न खोजिँदैछ |  आफै बिचार गर्नुहोला !! 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register