बुद्धशान्तिमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

बुद्धशान्ति, १४ फागुन । बुद्धशान्ति गाउँपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । पालिकाले २५ वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि शिविर सञ्चालन गरेको छ । शिविर १७ गतेसम्म सञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्रकुमार यादवले बताएका छन् । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता [...] The post बुद्धशान्तिमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर appeared first on Jhapa Online.

Feb 26, 2025 - 00:55
 0
बुद्धशान्तिमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

बुद्धशान्ति, १४ फागुन । बुद्धशान्ति गाउँपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । पालिकाले २५ वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि शिविर सञ्चालन गरेको छ । शिविर १७ गतेसम्म सञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्रकुमार यादवले बताएका छन् । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ ।

पालिकाका ७ वटै वडाका स्वास्थ्य सेवा केन्द्रमा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । जस अन्तरगत वडा नं. १ मा ३९ जना, वडा नं. २ मा ६५ जना महिलाहरुको जाँच भइसकेको छ । अन्य वडामा पनि धमाधम जाँच भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

पछिल्लो समय महिलाहरुमा सबैभन्दा बढी स्तन क्यान्सर र दोस्रोमा पाठेघरको मुखको क्यान्सर हुन्छ । विश्वमा प्रति वर्ष पाँचलाख महिला पाठेघरको क्यान्सरबाट पीडित हुन्छन्, तीमध्ये करीब दुई लाखको मृत्यु हुन्छ । नेपालमा प्रति वर्ष कति महिलालाई यी रोग लाग्छ, कतिको मृत्यु हुन्छ भन्ने तथ्यांक छैन । साधारणतः ४० वर्ष उमेर कटेपछि देखा पर्ने यो रोग अविकसित देशहरूमा ३० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरूमा समेत हुने गरेको छ । यसकारणपनि सबै महिलाहरुले आफ्नो पायक पर्ने स्थानमा गएर आफ्नो स्वास्थ्य जाँच गर्न प्रमुख यादवले बताएका छन् ।

The post बुद्धशान्तिमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register