बियर उत्पादक कम्पनी सिजी ब्रुअरीको आम्दानी १ अर्ब ८८ करोडले घट्यो

काठमाडौँ । चौधरी समूह अन्तर्गतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ । रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी निरन्तर घट्दो क्रममा देखिएको हो ।  जस अनुसार आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । यसअघि कम्पनीले […]

Jul 29, 2025 - 08:05
 0
बियर उत्पादक कम्पनी सिजी ब्रुअरीको आम्दानी १ अर्ब ८८ करोडले घट्यो

काठमाडौँ । चौधरी समूह अन्तर्गतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ । रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी निरन्तर घट्दो क्रममा देखिएको हो । 

जस अनुसार आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा बियर बिक्रीबाट ४ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले नेपाल आइस, मुस्ताङ प्रिमियम स्ट्रोङ, रियल गोल्ड ब्राण्डमा बियर उत्पादन गर्दै आएको छ । इक्रा नेपालको विवरण अनुसार बियर बजारको घट्दो माग र प्रतिस्पर्धा धेरै भएको र कम्पनीको बढेको अन्तःशुल्क लागत उपभोक्ताहरूलाई सर्दा आर्थिक वर्ष २०८०/८१  सञ्चालन घाटा भएको बताइएको छ । साथै उच्च बिक्री खर्च (लिक्विडेशन योजनाहरूसँग सम्बन्धित) र डिलरहरूलाई दिइएको छुटले पनि सञ्चालन तथा खुद घाटा बढेको बढेको देखिएको छ ।

सिजी ब्रुअरीमा चौधरी समूहकै एफएमसीजी इकाई सिजी फुड नेपाल लिमिटेडको मुख्य शेयर रहेको छ । कम्पनीका विभिन्न ११ ओटा ब्राण्ड भए पनि सबैभन्दा धेरै आम्दानी भने नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रोङ बियरको छ ।

नवलपरासीमा रहेको कारखानाबाट कम्पनीले बियर उत्पादन तथा बोटलिङको काम गर्दै आएको छ । कम्पनीले बियर उत्पादनका लागि चाहिने कच्चा पदार्थ युरोप र भारतबाट आयात गर्छ भने अन्य आवश्यक कच्चापदार्थ चामल/कनिका र चिनी भने नेपाली सप्लायर्सबाट खरीद गर्ने गरेको छ । कम्पनीका देशभर ३०० डिलर र ५३ हजार रिटेलहरू छन् । सिजी ब्रुअरीमा चौधरी समूहकै एफएमसीजी इकाई सिजी फुड नेपाल लिमिटेडको मुख्य शेयर रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register