आइडिया फर वर्ल्डको डोम हाउस नेपालमा

काठमाडौं । आइडिया फर वर्ल्ड ट्रेडिङ प्रालिले पीसी डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । बुधबार राजधानीको कमलादीस्थित स्काई टावरमा आयोजित एक कार्यक्रमहरूमा ती उत्पादनहरू सार्वजनिक गरिएको हो । संयुक्त अधिराज्य (यूके) मा विकसित भएको डोम हाउस, आधुनिक निर्माण प्रविधिको एक उच्च नमूना हो । यो प्रबिधि नवप्रवर्तन, पहुँचयोग्यता र […]

Jul 30, 2025 - 15:43
 0
आइडिया फर वर्ल्डको डोम हाउस नेपालमा

काठमाडौं । आइडिया फर वर्ल्ड ट्रेडिङ प्रालिले पीसी डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । बुधबार राजधानीको कमलादीस्थित स्काई टावरमा आयोजित एक कार्यक्रमहरूमा ती उत्पादनहरू सार्वजनिक गरिएको हो ।

संयुक्त अधिराज्य (यूके) मा विकसित भएको डोम हाउस, आधुनिक निर्माण प्रविधिको एक उच्च नमूना हो । यो प्रबिधि नवप्रवर्तन, पहुँचयोग्यता र वातावरणीय उत्तरदायित्वको संयोजनका साथ निर्माण गरिएको आइडिया फर वर्ल्ड ट्रेडिङले जनाएको छ । यसले नेपालमा आधुनिक आवास निर्माण प्रबिधिमा सोचमा नयाँ सम्भावनाको अपेक्षा गरिएको आइडिया फर वर्ल्ड ट्रेडिङको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री वद्री पाण्डेले उद्घाटन गरेको कार्यक्रममा उद्योगपति, उद्यमी, कूटनीतिक प्रतिनिधिहरू तथा विषय विज्ञहरूको उपस्थिति थियो ।

‘आइडिया’ का निर्देशक सन्तोष सुवेदीले कार्यक्रममा आफ्नो भनाइ राख्दै संस्थाको मूल नाराका रूपमा ‘प्रभावका लागि नवप्रवर्तन, प्रगतिका लागि साझेदारी’ रहेको बताए ।

त्यस्तै, ब्रान्ड एम्बेसडर नायिका बेनिशा हमालले यस्ता नवप्रवर्तनमूलक पहलहरूले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा ‘आइडिया’ की प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले भनिन्, ‘यो शुभारम्भ केवल एउटा व्यावसायिक उपलब्धि मात्र होइन, नेपालले नवप्रवर्तन र दिगोपनामा नेतृत्व गर्न तयार रहेको साहसिक घोषणा पनि हो ।’

शुभारम्भ समारोहमा डोम हाउसको डिजाइन, विशेषता, र दीर्घकालीन सम्भावनाहरूको प्रत्यक्ष अवलोकन गराइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register