पीकेका ‘बागी’को विजय जुलुस (तस्वीरहरू)

काठमाडौं । बागबजारको पद्मकन्या (पीके) क्याम्पसको स्ववियु निर्वाचनमा प्यानलसहित जितेको सुसियालीमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको बागी समूहले सोमबार काठमाडौंमा विजय जुलुस निकालेको छ । जुलुस रत्नपार्क, त्रि–चन्द्र कलेज, कमलादी, पुतलीसडक हँुदै फेरि पीकेमै पुगेको थियो । यही चैत ७ गते भएको निर्वाचनबाट अध्यक्षमा नेविसङ्घबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी भूपेश्वरी ऐर ’भूपि’ […]

Mar 24, 2025 - 05:43
 0
पीकेका ‘बागी’को विजय जुलुस (तस्वीरहरू)

काठमाडौं । बागबजारको पद्मकन्या (पीके) क्याम्पसको स्ववियु निर्वाचनमा प्यानलसहित जितेको सुसियालीमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको बागी समूहले सोमबार काठमाडौंमा विजय जुलुस निकालेको छ ।

जुलुस रत्नपार्क, त्रि–चन्द्र कलेज, कमलादी, पुतलीसडक हँुदै फेरि पीकेमै पुगेको थियो ।

यही चैत ७ गते भएको निर्वाचनबाट अध्यक्षमा नेविसङ्घबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी भूपेश्वरी ऐर ’भूपि’ विजयी भएकी हुन् ।

उनले नेविसङ्घकी पूर्णिमाया परियारलाई हराएकी थिइन् । भूपीले ७३० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी परियारले ३७९ मत मात्र ल्याइन् ।
यस्तै सचिव र कोषाध्यक्षमा भूपिकै प्यानलका स्वतन्त्र उम्मेदवारहरू सन्ध्या बस्याल र सङ्कल्पिका थापा विजयी भए । यी दुवैले नेविसङ्घका उम्मेदवारलाई नै पछि पारेका हुन् ।

यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी आकृति पाण्डे, निशा कार्की र यानसु कटवाल विजयी भए । यी भूपिकै समूहका बागी उम्मेदवार हुन् ।

सधैँ नेविसङ्घको वर्चश्व रहने यस क्याम्पसमा यो पटक भने यो सङ्गठन रित्तोहात भएको छ ।

नेविसङ्घकै विवादका कारण निर्वाचन दुई दिन पछि सरको थियो ।

विजय जुलुस हेरौँ तस्वीरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register