ट्राफिक कारबाहीः एक वर्षमा दुई करोड ४१ लाख राजस्व सङ्कलन

काठमाडौँ । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो । आर्थिक वर्ष २०८०÷८१ मा ४७ हजार […]

Jul 31, 2025 - 03:33
 0
ट्राफिक कारबाहीः एक वर्षमा दुई करोड ४१ लाख राजस्व सङ्कलन

काठमाडौँ । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आर्थिक वर्ष २०८१÷८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register