‘महिनौसम्म राष्ट्र बैंक नेतृत्वविहीन, दुई तिहाइको अहंकारको बेलुन फुटिसक्यो’ -प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सोमबार  प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले महिना दिन बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न नसकेको आरोप लगाएका हुन् । […]

May 5, 2025 - 10:28
 0
‘महिनौसम्म राष्ट्र बैंक नेतृत्वविहीन, दुई तिहाइको अहंकारको बेलुन फुटिसक्यो’ -प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सोमबार  प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले महिना दिन बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न नसकेको आरोप लगाएका हुन् ।

दाहालले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी समेत गरेका छन् । ‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन तपाईंहरू’ दाहालले भने ‘दुई तिहाइको अहङ्कार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु ।’

त्यस्तै, उनले वर्तमान सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाएका छन् ।

उनले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसेको बताए । ‘हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह नै हाबी छन् । जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ ।’ प्रचण्डले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register