महुली लघुवित्तको नाफा ह्वात्तै बढ्यो, ईपीएसमा गज्जबको प्रगति

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा २५५.८० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड […]

Jul 31, 2025 - 04:45
 0
महुली लघुवित्तको नाफा ह्वात्तै बढ्यो, ईपीएसमा गज्जबको प्रगति

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । लघुवित्तले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा २५५.८० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज घटेका कारण लघुवित्तको नाफा बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.०२ प्रतिशत र अन्य सञ्चालन आम्दानी २.५२ प्रतिशतले बढेको छ । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३६.३० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३२.३३ प्रतिशतले बढेको छ ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । नाफासँगै समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा लघुवित्तको ईपीएस २० रुपैयाँ ९८ पैसाले बढेर ३० रुपैयाँ ८६ पैसा पुगेको छ । यसअवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा छ भने मूल्य आम्दानी अनुपात ४१.८६ गुणा छ । ३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register