बिहिबार २.७० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Mar 6, 2025 - 09:38
 0
बिहिबार २.७० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने १०% नबिल डिबेन्चर २०८२का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register