Metro FM 94.6 MHz  मा  कार्यक्रम पाका कुरा ।

Feb 25, 2022 - 14:59
Feb 25, 2022 - 14:59
 0
Metro FM 94.6 MHz  मा  कार्यक्रम पाका कुरा ।
: :
playing

Metro FM 94.6 MHz  मा  कार्यक्रम पाका कुरा ।


फागुन १३, काठमाडौं ।काठमाडौं महानगरपालिकाद्धारा संचालित दक्षिण एशियामै स्थानीय निकायद्धारा संचालित पहिलो सामुदायिक रेडियो मेट्रो एफ.एम.९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरा संचालनमा आएको छ । यो कार्यक्रमको उदेश्य  जेष्ठ नागरिकहरुको े बाल्यकाल, शिक्षा,विगतको पेशा , वैवाहिक जीवन , उहाँहरुले विभिन्न पेशमा अंगालेको अनुभव,   लगायत वर्तमान समयमा उँहाहरुले भोगेका दुःख सुःख बारे पनि श्रोता समक्ष ल्याउने र यसको संदेश आजका भावी युवा युवतीबिच पुन्याउने रहेको छ । 


आजको कार्यक्रमका अतिथीको रुपमा रहनु भएका  काठमाडौं महानगरपािलका वडा नं ४ ज्यानज्योति मार्ग निवासी गोविन्द शर्मा थपलियाले आफनौ बाल्यकाल, शिक्षा दीक्षा आफुले काठमाडौंको बुढानिलकण्ठ स्कुलमा अध्यापन गरेको आठ वर्षको समय, बेलायत सरकारको सहयोगमा बेलायतमा  उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएको र त्यसपछि हंगकंग र ब्रुनाईमा अध्यापन गर्ने अवसर प्राप्त गरेको र त्यसपछि सन १९९८ मा लाजिम्पाटमा युनिभर्जल कलेज तथा प्रिपरेटरी स्कुल संचालन लगायत जीवन दर्शनमा आधारिक आफना भनाईहरु राख्नु भएको थियो ।

यसैगरी सोहि कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा रहनु भएका काठमाडौं महानगरपालिका सुचना तथा प्रविधि विभागका विभागीय प्रमुख तथा श्रीकृष्ण प्रणामी युवा परिषदका पुर्व अध्यक्ष तथा श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य नमाज ढकालले काठमाडौं महानगरपािलकाले ७० वर्ष माथिका जेष्ठ नागरिक र एकल महिलारुलाई सामाजिक सुरक्षा अन्तर्गत मासिक भत्ता उपलब्ध गराउँदै आएको ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई विशेष भत्ता उपलब्ध गराउँदै आएको र जेष्ठ नागरिकहरुलाई महानगरको ३२ वटा मार्फत विशेष स्वास्थ्य सेवा पनि संचालन गरेको बताउनु भयो । यसैगरी विभागीय प्रमुख ढकालले यसखालको कार्यक्रमले जेष्ठ नागरिकहरुको खुबी र वहाँहरले हासिल गरेको अनुभवलाई युवा युवती समुहमा सन्देश पुन्याउन समेत मद्धत पुग्ने बताउनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal