एमसीसी जस्ताको तस्तै पास गर्न नहुने प्रदेश सांसद राईको भनाई

प्रदेश नम्बर १ सभा सदस्य कृष्णकुमारी राईले अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसोधन नगरी जस्ताको तस्तै पास गर्न नहुने बताएकी छन्।

Feb 26, 2022 - 03:42
 0
एमसीसी जस्ताको तस्तै पास गर्न नहुने प्रदेश सांसद राईको भनाई

शुक्रबार मोरङको पथरीशनिश्चरे नगरमा आयोजित आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद राईले सो कुरा बताएकी हुन् । एमसीसी सम्झौताको बुँदाहरु राष्ट्रघाति भएको भन्दै जस्ताको तस्तै पास गर्न नदिन जनताको लेबलबाट विरोध गर्नुपर्ने सांसद कुष्णकुमारी राईले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध रहेकी नेतृ तथा सांसद राईले तालिम सफलताको शुभकामना दिदै पत्रकारहरुले जहिले सत्य, तथ्य समाचार लेख्नुपर्ने बताउनुभयो ।

पथरीशनिश्चरे नगरपालिकाको कार्यपालिका सदस्य भद्रमान बिक, फोनिज १ नम्बर प्रदेश इन्चार्ज दिपिन राई (प्रशिक्षक), नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य केदार चौहान, हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगर, फोनिज १ नम्बर प्रदेश समिति निर्वमान उपाध्यक्ष फिपराज बेघा लिम्बू (प्रशिक्षक), सिम्रिक एफ.एम. सञ्चालक समिति अध्यक्ष धनराज राई, प्रशिक्षक केशव निरौला लगायतले तालिमको शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरको सूचना संयोजक भुपेन्द्र तिम्सिना, युवा समाजसेबी गणेश थक्लुङ लगायतको उपस्थिति रहेको थियो ।

आदर्श सर्भिस सेन्टर प्रा.लि.द्वारा सञ्चालित रातोकलम डटकमका प्रबन्ध सम्पादक अर्जुन जम्नेली राईको सभापतित्वमा भएको कार्यक्रम प्रबन्धक मौसम लिम्बूले सञ्चालन गर्नुभएको थियो । समानुपातिक सांसद कृष्णकुमारी राईको पूर्वाधार विकास कोषको सहयोगमा सुरु भएको तालिम तीन दिनसम्म चल्ने आयोजक मौसम लिम्बूले बताएका छन् ।

तालिममा पूर्बी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका र झापा लगायत गरी ३० जना सहभागी भएको बताइएकाे छ । तालिमको सहजिकरण दिपिन राई, अर्जुन जम्नेली राई, केशव निरौला र फिपराज बेघाले गर्ने प्रबन्धक मौसम लिम्बूले बताएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register