अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा सरोद र तबलाको प्रस्तुती । 

Oct 2, 2023 - 13:41
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा सरोद र तबलाको प्रस्तुती । 

असोज १५, काठमाडौं ।  अच्युतराम भण्डारी प्रतिष्ठानको १५ औं श्रृँखलामा आज सरोज र तबला बादनको संयुक्त प्रस्तुती रहेको थियो ।


सरोद बादनमा आज युवा सरोज बादक सुदर्शन राजोपाध्यायले राग पुरिया धनाश्री प्रस्तुत गर्नु भयो । उहाँलाई तलबालमा प्रतिष्ठानका संरक्षक तथा बरिष्ठ तबला बादक पं अच्युतराम भण्डारीले संगत गर्नु भएको थियो । 


कार्यक्रम पछि प्रमुख अतिथी समाजसेवी केशवमणि ओली कलाकार राजोपाध्यायलाई प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा आफनो भनाई राख्दै अच्युतराम भण्डारीले एकल प्रयासमा शास्त्रीय संगीतको विकासका लािग गर्नु भएको प्रयास सार्थक रहेको बताउँदै सवैले यस खालको प्रयासलार्य सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका आजीवन सदस्य विजय नारायण मानन्धरलाई पनि संस्थाको तर्पबाट सम्मान गरिएको थियो । 
सरोद बादक राजोपाध्यायले पनि सवै दर्शकहरुलाई कार्यक्रममा सहभागिताको लागि धन्यवाद दिनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register