काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान आरम्भ

May 18, 2023 - 05:16
 0
काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान आरम्भ
काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान आरम्भ

काठमाडौँ ।विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । 

विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को सहयोगमा अभियानको नमुना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

‘काभ्रेपलाञ्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधवार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । 

कार्यक्मअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर गाउँ गाउँमा ‘हाइपरटेन्सन’का बिरामीको स्क्रिनिङ गरी उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो । 

“काभ्रेपलाञ्चोकमा लागू गरिएको अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जान्छौँ”, उहाँले भन्नुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का डा ग्याम्पो दार्जेले नमुनाका लागि देशमै पहिलो पटक काभ्रेपलाञ्चोकबाट यो कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले हाइपरटेन्सन नियन्त्रण कार्यक्रमलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गर्नुभएको छ । 

प्रदेश स्वास्थ्य मन्त्रालयको नसर्ने रोग महाशाखा प्रमुख डा फणीन्द्रप्रसाद बडालका अनुसार अभियानअन्तर्गत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ । काभ्रेपलाञ्चोक उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था भइसकेको छ । बिरामीको अवस्था हेरि तीन थरीका औषधि निःशुल्क वितरण हुने जनाइएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईले काभ्रेको कूल जनसङ्ख्याको ३० हजारभन्दा बढी नागरिकमा उच्च रक्तचापको समस्या रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या छ । यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन् ।   जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका छन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1