प्रेस चौतारी नेपाल मेट्रो एफ.एम. प्रतिष्ठान गठन

Apr 25, 2023 - 04:23
 0
प्रेस चौतारी नेपाल मेट्रो एफ.एम. प्रतिष्ठान गठन

बैशाख १२, काठमाडौं । लोकतन्त्र दिवसको उपलक्षमा काठमाडौंमा एक कार्यक्रमबिच प्रेस चौतारी मेट्रो एफ.एम. प्रतिष्ठान गठन भएको छ । 
सो अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले काठमाठौं महानगरपालिकाका संचारकर्मी किशोर कुमार शर्मा सेडाईको अध्यक्षतामा गठित सात सदस्यीय कार्य समितिलाई प्रेस चौतारी नेपालको विधान अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । 


सो अवसरमा बौल्दै केन्द्रीय अध्यक्ष बस्नेतले आफुले आप्नो बाकी रहेको कार्यकालमा महानगरमा कार्यरत मेट्रो एफ.एफ. प्रतिष्ठानका संचारकर्मीहरुलाई हर प्रकारले सहयोग तथा हातेमाले गरि  अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा प्रेस चौतारी मेट्रो एफ.एम. प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दै काठमाठौं महानगरपालिका वडा नं १८ का वडाध्यक्ष तथा कामपा महानगर कमिटिका कार्यवाहक  अध्यक्ष तथा महानगरपालिका सुचना समितिका सदस्य न्युछेकाजी महर्जनले प्रतिष्ठानका सदस्यहरुलाई छोटो प्रशिक्षण दिनुको साथै शुभकामना सन्देश दिनु भएको थियो । 


यसैगरी कार्यक्रममा सुचना प्रबिधि विभाग प्रमुख नमराज ढकालले स्वागत मन्तब्य सहित प्रेस चौतारी मेट्रो एफ.एम. प्रतिष्ठानका नवनिर्वाचित कार्य समितिका सदस्यहरुलाई शुभकामना दिनु भएको थियो । यसैगरी प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना सहित पेशागत जिल्ला कमिटिका संचार इलाका अध्यक्ष  सुरज आचार्य र मेट्रो एफ.एम. प्रेस युनियनका सभापति चन्द्रमणि भटटराई लगायतले प्रेस चौतारी नेपाल मेट्रो एफ.एम.  प्रतिष्ठानलाई शुभकामना सन्देश दिनु भएको थियो ।


सन १९९८ मा स्थापित प्रेस चौतारी नेपाल नेकपा एमालेको संचार क्षेत्रको भातृ संगठन हो र यसले पत्रकारिता  क्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई  लागि प्रशिक्षण दिन’को  साथै पत्रकारहरुको हकहितको लागि शसक्त आवाज उठाउँदै आएको छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal