राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेडको बनाउन भूमिका खेल्छौं: मुख्यमन्त्री चौधरी

May 30, 2023 - 05:44
 0
राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेडको बनाउन भूमिका खेल्छौं: मुख्यमन्त्री चौधरी
राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेडको बनाउन भूमिका खेल्छौं: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड क्षमताको बनाउन प्रदेश सरकारले तयारी गरेको बताएका छन्। 

१६ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले कार्यक्रममा सहभागी भएका स्वास्थ्य मन्त्री राजु खनाल र स्वास्थ्य सचिवलाई कागजात मिलाएर आउने मन्त्रिपरिषदको बैठकमा पेश गर्न निर्देशन दिएका थिए। 

बुटवल र दाङ गरी दुइटा प्रादेशिक अस्पताल लुम्बिनीमा रहेको भन्दै उनले यी अस्पताल रणनीतिक दृष्टिकोणले अरू अस्पतालहरूको स्रोत केन्द्र पनि रहेको हुँदा सोही अनुरूप दक्ष जनशक्ति व्यवस्थापनमा ध्यान दिन जरूरी रहेको बताए। 

‘भेगीय हिसाबले राप्ती प्रादेशिक अस्पतालले साविक राप्तीको मात्रै नभई कर्णाली प्रदेशका जिल्लाहरूका नागरिकलाई पनि सेवा दिने गरेको छ,’ उनले भने,‘त्यसकारण अरू हस्पिटलहरूले यहाँ गरेका रिफरल केशहरूलाई सुल्झाउन सक्ने अवस्थाका बनाउन प्रदेश सरकार लागिपर्ने छ।’

राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड क्षमताको बनाउनका लागि आउने मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर काम अगाडि बढाउने उनले वाचा गरेका थिए।

लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि ६ अर्बको टेन्डर आह्वान भइसकेको भन्दै मुख्यमन्त्री चौधरीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललाई पनि सुविधा सम्पन्न बनाइने बताए। 

‘सर्वसाधारणका लागि सहज सेवा प्रदान गर्न भौतिक पूर्वाधार मात्रै ठूलो भएर हुँदैन,’ उनले भने, ‘मितव्ययिता पनि आवश्यक पर्छ र अनावश्यक जनशक्तिलाई कटौती गरी विशिष्ट श्रेणीका डाक्टर ल्याउन पहल हुनेछ।’ प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले यसपटक दाङले मुख्यमन्त्री र जिम्मेवार मन्त्रीसमेत पाएको हुँदा यो अवसरलाई सदुपयोग गरी पश्चिम दाङको विकासमा प्राथमिकताका लाग्ने बताए। 

राप्ती प्रादेशिक अस्पतालका अवस्थाबारे आफू परिचित र गम्भीर रहेको भन्दै सामान्य भन्दा सामान्य नागरिकको पहुँच पुग्ने गरी अस्पतालको स्तरोन्नति र विकासमा लाग्ने उनले वाचा गरेका थिए। 

‘अहिले यो अस्पतालबाट पाउनुपर्ने सेवा सुविधाहरू सर्वसाधारणले पाइरहेका छैनन् र यो अस्पताल रिफर सेन्टरको रूपमा रहेको भनेर आलोचना भइरहेको छ,’ उनले भने, ‘अब हामीलाई केही गरेर देखाउनु चुनौती छ र अस्पताललाई दुई सय बेड क्षमतामा विकास गरी बाहिरका बिरामी यहाँ आउने वातावरण बनाउनु छ।’यो अस्पतालमा आइसियू, एनआइसियू, पिआइसियु सेवा पनि सञ्चालनमा आउन सकिरहेका छैनन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1