गठबन्धन सरकार अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक : केपी ओली

May 21, 2023 - 06:01
 0
गठबन्धन सरकार अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक : केपी ओली
गठबन्धन सरकार अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक : केपी ओली

काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकार समस्या समाधानको लागि बन्ने बताउनुभएको छ । 

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै ओलीले समस्यालाई दोष लगाएर सकार उम्किन नमिल्ने बताउनुभयो । आफ्नो नेतृत्वमा सरकार हुँदा विश्वको उच्च आर्थिक वृद्धि हासिल गर्ने विश्वका १० देशको सूचीमा पुगेको बताउनुभयो । तर २ वर्षमा नै नाग पासा खेलेझैँ देशको आर्थिक वृद्धिदर ६.५ बाट २.६ मा झारेको भन्दै उहाँले आलोचना गर्नुभयो । 

अहिलेको समस्याको मूल कारण गठबन्धन सरकार नै भएको उहाँले बताउनुभयो । ‘एमालेको सरकारलाई विस्थापन गरी बनेको काग्रेस–माओवादी केन्द्र सहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍याउने प्रमुख कारक हो’, उहाँले भन्नुभयो । 

प्रधानमन्त्रीलाई यो सरकार राम्रो छ भन्ने प्रशंसा गरिदेओस् भन्न लागेको भए पनि सूचकले त्यस्तो नदेखाउने बताउनुभयो । आफ्नो नेतृत्वको सरकाले देशमा आर्थिक विकासको लागि काम गरिरहेको बेला सरकार ढाल्न हतारो गरेको भन्दै ओली के यही दिन देख्न आफ्नो सरकार ढालिएको थियो ? भन्दै प्रश्न गर्नुभयो । गठबन्धन दुःखको कारण बनेको उहाँले टिप्पणी गर्नुभयो । 

निर्वाचनको बेलामा राज्य सत्ताको चरम दुरुपयोग गरिएको पनि ओलीले बताउनुभयो । निर्वाचनमा सत्ता पक्षबाट व्यापक धाँधली गरिएको, बुथ कब्जा गरिएको र निर्दोष नागरिकलाई घरभित्र गएर तानेर हत्या गरिएको ओलीले बताउनुभयो । लोकतन्त्रलाई अप्ठेरोमा पर्न दिनुहुँदैन भन्ने सोचले धाँधलीपूर्ण निर्वाचनलाई पनि एमालेले स्विकारेको ओलीले बताउनुभयो । 

संघीयता बलियो बनाउने काम गरेको बताउने सरकारले एक पटक पनि प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर छलफल नगरेको बताउनुभयो । प्रदेश र स्थानीय तहको योजना, कार्यक्रम र कुरा सुन्ने काम नै नभएको उहाँले बताउनुभयो । संघीय भावनाको गतिलाई सरकारले समाउँदै नसमातेको ओलीले बताउनुभयो । कसैसँग सल्लाह नै नगरेपछि संघीयता कसरी बलियो बनाउन सकिन्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । 

प्रधानमन्त्रीले २३ महिनासम्म संवैधानिक परिषद्को बैठक नै नबोलाई प्रमुख प्रतिपक्षका कारण प्रधानन्यायाधीश नियुक्त गर्न पाइएन भन्ने भ्रम फिँजाउन काम गरेको भन्दै ओलीले आलोचना गर्नुभयो । कमजोरी आफू गर्ने, दोष अरूलाई लगाउने कार्य छाड्नु पर्ने उहाँले बताउनुभयो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1