नीति तथा कार्यक्रम कागजको खोस्टो मात्र छैन : माधव नेपाल
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम कागजकाे खाेस्टाे मात्र नभएकाे दाबी गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै अध्यक्ष नेपालले नीति तथा कार्यक्रमले देशका समस्या पहिचान गरेकाे र समाधानका उपाय पहिल्याएकाे बताउनुभयाे ।
कुनैपनि दस्तावेज आफैंमा पूर्ण नहुने भन्दै उहाँले सबैकाे सल्लाह र सुझावले त्यसलाई पूर्ण बनाउनुपर्ने बताउनुभयाे । नीति तथा कार्यक्रमका उद्देश्य स्पष्ट रहेका अध्यक्ष नेपालले बताउनुभयाे ।
अराजकतावाद लगायत कैयाैं समस्या देशमा रहेका भन्दै उहाँले एकले अर्कालाई घोचपेच नगरी सहमतिसाथ अगाडि बढ्दा देशलाई संकटलाई पार लगाउन सकिने बताउनुभयाे ।
What's Your Reaction?






