नेपालले जित्याे मलेसिया विरुद्धकाे टी-२० अन्तर्राष्ट्रिय सिरिज
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले मलेसिया विरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ । मलेसियाको बांगीमा आइतबार बिहान भएकाे सिरिजकाे पाँचाैं तथा निर्णायक खेलमा घरेलु टोलीलाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नाे पक्षमा पारेकाे हाे ।
मलेसियाले दिएकाे १ सय १० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता राना मगरले ३४, कप्तान रुविना क्षेत्रीले २३ र अप्सरी बेगमले १५ रन बनाए ।
बलिङ्तर्फ मलेसियाका आइना हसिमले २ तथा महिरन इस्माइल, विनिफ्रेड अन्नी, आइस्या इलिसा र नुर डानियाले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्ताे पाएकाे मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा रन १ सय ९ बनाएकाे थियाे । मलेसियाका लागि वान जुलिया रोस्दीले ४७, विनिफ्रेड अन्नी २४ र महिराह इस्माइलले २० रन बनाए ।
बलिङ्तर्फ नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी विष्टले १ विकेट लिए ।
शनिबार भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो । पहिलो खेल मलेसियाले ५ विकेटले जितेको थियो । दोस्रो खेल नेपालले ७ विकेटले र तेस्रो खेल नेपालले २७ रनले जितेकाे थियाे ।
What's Your Reaction?






