बजेटमा कृषि: ५८ अर्व ९८ करोड रुपैयाँ बिनियोजन

May 29, 2023 - 10:55
 0
बजेटमा कृषि: ५८ अर्व ९८ करोड रुपैयाँ बिनियोजन
बजेटमा कृषि: ५८ अर्व ९८ करोड रुपैयाँ बिनियोजन

काठमाडाैं । सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयलाई आगामी आर्थिक बर्षका लागि ५८ अर्व ९८ करोड रुपैया बिनियोजन गरेको छ । सोमबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाप्रकाश शरण महतले  कृषि उत्पादन बढाउन प्रोत्साहन गर्ने र यस क्षेत्रलाई अघि बढाउनका लागि उक्त बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । उहाले धान र आलू खेतीलाई विस्तार गर्नका लागि र आवश्यक अनुदान उपलव्ध गराईने बताउनुभयो ।

किसानलाई रासायनिक मल खरिदका लागि अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरिएको र रैथानेमा गर्व गरौं भन्ने नाराका साथ रैथाने बालीको बिउ संरक्षण गरिने उहाले बताउनुभयो ।  प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको र उत्पादन साथमा अनुदान हातमा नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उहाले बताउनुभयो ।

त्यस्तै उहाले औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिने जानकारी दिनुभयो । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उहाले बताउनुभयो ।उहाले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1