नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

Jun 15, 2023 - 01:55
 0
नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै
नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियाेगिता अगाडिको वार्मअप खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।विश्वकप छनोट अघि नेपालले आज अन्तिम वार्मअप खेल ओमानसँग खेल्न लागेको हो । नेपाल ओमानबीचकाे खेल जिम्बाबेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौन १ बजे सुरु हुनेछ ।

यसअघि मंगलबार भएकाे पहिलाे वार्मअप खेलमा युएईसँग ३ विकेटले पराजित भएको थियो । त्यसअघि दक्षिण अफ्रिकामा खेलेका दुई अभ्यास खेलमा नेपाल स्कटल्याण्ड र नेदरल्याण्डससँग पनि पराजित भएको थियो । 

विश्वकप छनोट प्रतियोगिता असार ३ गतेदेखि २४ गतेसम्म जिम्बावेमा हुँदैछ । विश्वकप क्रिकेट छनोट प्रतियाेगिताकाे पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । नेपालले असार ५ गते अमेरिकासँग, असार ७ गते वेस्टइण्डिजसँग र असार ९ गते नेदरल्याण्ड्सँग खेल्नेछ।

विश्वकप छनाेटकाे समूह 'ए' मा नेपाल, वेस्टइण्डिज, जिम्बाब्वे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह 'बी' मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ।

शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् र सुपर सिक्समा अर्काे समूहबाट आउने तीन टोलीसँग खेल्नेछ । शीर्ष दुई टोलीले विश्वकपमा ठाउँ बनाउनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1