प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ?

Jun 5, 2023 - 09:45
 0
प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ?
प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्ड हेपिएको होइन नेपालको प्रधानमन्त्री हेपिएकाले आवाज उठाइएको बताउनुभएकाे छ । 

भारत भ्रमणमा पुष्पकमल दाहाल प्रचण्डलाई हेपिएको बताएका ओलीले नेपालको सीमा मिचिएको विषयमा कुराकानी नगरेकोमा असन्तुष्टि जनाउनुभयाे । प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष ओलीले भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड ‘कम्फरटेबल’ बनेको आरोप लगाउनुभयाे। 

साथै नेपालको विषयमा बोल्न दिल्ली जानु नपर्ने भन्दै अध्यक्ष ओलीले कुनै बेला धरहरामा चढेर बजाएको बिगुलले मान्यता पाउने भनेको जस्तै अहिले बिगुल फुक्ने ठाउँ दिल्ली हो भनेर प्रश्न पनि गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले देशले केही नपाएको ओलीको भनाइ छ । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1