एमालेले जनसंगठन विस्तारको लागि व्यापक बनौँ/बनाऔँ कार्यक्रम सञ्चालन गर्ने

Jun 7, 2023 - 01:40
 0
एमालेले जनसंगठन विस्तारको लागि व्यापक बनौँ/बनाऔँ कार्यक्रम सञ्चालन गर्ने
एमालेले जनसंगठन विस्तारको लागि व्यापक बनौँ/बनाऔँ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेले अब व्यापक बनौँ/बनाऔँ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको जनसंगठन सुदृढीकरण तथा विस्तार कार्यक्रम अन्तर्गत सो अभियान सञ्चालन गर्ने नेकपा एमालेले जनाएको छ ।  स्थानीय तहका सबै वडामा महिला, किसान, मजदुर, युवा, विद्यार्थी जस्ता आधारभूत तहका जनसंगठन   विस्तार गर्न व्यापक बनौँ र बनाऔँ कार्यक्रम सञ्चालन गर्ने एमाले सचिवालय बैठकले निर्णय गरेको हो । 

आधारभूत तहमा पार्टी कार्यकर्ता निर्माण गर्न जनसंगठनलाई इन्कुभेसन सेन्टरको रूपमा रूपान्तरित गर्ने एमालेले जनाएको छ । सबै जनसंगठनले मूलतः गैर पार्टी सदस्यलाई संगठित गरी पार्टीको जनआधार विस्तार गर्ने निर्णय बैठकले गरेको छ । 

पार्टीले जनसंगठनलाई पार्टी सदस्यता विस्तारको प्रवेशद्वारका रूपमा प्राथमिकता दिने भएका छ । यस कामको समन्वय जनसंगठन समन्वय संयन्त्रमार्फत गर्ने र प्रदेश, जिल्ला र पालिकास्तरमा समेत समन्वय संयन्त्र गठन गर्ने निर्णय पार्टीले गरेको छ । यस्ता संयन्त्र पालिका तहसम्म नै विस्तार गरिने भएको छ । 

जनसंगठन सञ्चालन प्रभावकारी ढङ्गले गर्न  हरेक प्रदेशमा एक/एक जना केन्द्रीय सदस्यलाई केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको प्रतिनिधिको रूपमा खटाउने निर्णय बैठक गरेको छ । यो जिम्मेवारी पाउने केन्द्रीय सदस्यले केन्द्रीय र प्रदेशको जनसंगठन समन्वय संयन्त्र बिच समन्वय र सहजीकरणको काम गर्ने छन् । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1