स्थानीय वायु र न्यून चापको प्रभाव: पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको मुख्य प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका […]

Apr 17, 2025 - 01:16
 0
स्थानीय वायु र न्यून चापको प्रभाव: पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको मुख्य प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफादेखि आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।

आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण कृषि, दैनिक जीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register