काठमाडौं जिल्ला अदालत अगाडिबाट १३ जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ
काठमाडौं। काठमाडौ जिल्ला अदालत अगाडिबाट प्रहरीले १३ जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ता पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तलाई दोषीको कारबाही गर्न माग गर्दै अदालत अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको पक्षमा बहस गरिरहेका अधिवक्ताहरूविरूद्व समेत नाराबाजी गरेका थिए ।उनीहरूलाई नियन्त्रण्मा लिने क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।
What's Your Reaction?