महायज्ञ गर्न दलितको घर भत्काइएको प्रकरण : सिरहाका सीडीओ गृह तानिए

काठमाडौं । ‘महायज्ञका लागि दलितको घर भत्काइएको घटनामा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहालको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको मन्त्रालयले जनाएको छ । महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् । औरही […]

Mar 21, 2025 - 06:32
 0
महायज्ञ गर्न दलितको घर भत्काइएको प्रकरण : सिरहाका सीडीओ गृह तानिए

काठमाडौं । ‘महायज्ञका लागि दलितको घर भत्काइएको घटनामा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् ।

दाहालको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको मन्त्रालयले जनाएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।

औरही नगरपालिका-५ मा महायज्ञ लगाउने भन्दै दीपक मरिक (डोम)को घर भत्काइएको थियो । यही चैत्र १७ गर्ने विष्णुको महायज्ञ लगाइने स्थान नजिकै घर भएकोले भूमि अपवित्र हुन्छ भन्दै पालिकाले नै भत्काएको दीपककी पत्नी अनिता मरिक बताउँछिन् ।

महायज्ञ अपवित्र हुन्छ भन्दै भत्काइयो दलितको घर : पीडितलाई पालिकाकै धम्की (भिडिओ)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register