च्याम्पियन्स ट्रफी : समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । शनिबार कराँचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको हो । यो सँगै यो समूहबाट अफगानिस्तान र इङ्ग्ल्याण्ड बाहिरिएका छन् । यसअघि अष्ट्रेलिया पनि सेमिफाइनल पुगेको थियो । इङ्ल्याण्डले प्रस्तुत गरेको १ सय […]

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
शनिबार कराँचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको हो ।
यो सँगै यो समूहबाट अफगानिस्तान र इङ्ग्ल्याण्ड बाहिरिएका छन् । यसअघि अष्ट्रेलिया पनि सेमिफाइनल पुगेको थियो ।
इङ्ल्याण्डले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट क्षतिमा भेट्टायो ।
दक्षिण अफ्रिकाको जितमा रासी भान डेर डुसेनले ७८ बलमा ६ चौकार ३ छक्कासहित ७२ रन जोडे।
यस्तै हेनरिच क्लासेनले ५६ बलमा ६४ रन जोडे । ओपनर रायन रिकेल्टनले २५ बलमा २७ रन जोडे । इङ्ल्याण्डका लागि जोफ्रा आर्चरले २ र आदिल रासिदले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ३८.२ ओभरमा अलआउट हुँदै १७९ रनको झिनो स्कोर बनाएको थियो । यसका जो रुटले सर्वाधिक ३७ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि मार्को यानसेन र वियान मल्डरले ३–३ विकेट लिए । केशव महारजले २ विकेट तथा लुंगी एनगिडी र कागिसो रबाडाले १–१ विकेट लिए ।
समूह चरणको खेलपछि दक्षिण अफ्रिकाको ५ र अष्ट्रेलियाको ४ अङ्क भएको छ ।
What's Your Reaction?






