युवाहरु उद्यमशील बन्नुपर्छ : पार्वत गुरुङ

Jun 14, 2023 - 08:31
 0
युवाहरु उद्यमशील बन्नुपर्छ : पार्वत गुरुङ
युवाहरु उद्यमशील बन्नुपर्छ : पार्वत गुरुङ

काठमाडाैं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री पार्वत गुरुङले युवाहरु उद्यमशील बन्नुपर्ने बताउनुभएकाे छ ।द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनले बुधबार काठमाडाैंकाे चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयाेजना गरेकाे बर्गर बिजनेस कन्फ्रेन्सलाई सम्बाेधन गर्दै नेता गुरुङले युवाहरु उद्यमशील बन्नुपर्ने बताउनुभयाे ।

युवाहरु नै आर्थिक विकासको आधार भएकाे भन्दै उहाँले आर्थिक विकासलाई उचाइ दिन उद्यमशील बन्न जरुरी रहेकाे बताउनुभयाे । एमालेले युवा उद्यमशीलताका लागि काम गर्दै आएकाे भन्दै नेता गुरुङले उद्यमशील बन्न चाहाने युवालाई एमालेले सक्दाे सहयाेग गर्ने पनि बताउनुभयाे ।

राजनीति सेवा भएकाे भन्दै उहाँले यसलाई उत्पादन र उद्यमशीलतासँग जाेड्न आवश्यक रहेकाे बताउनुभयाे । राजनीतिमा भ्रष्टाचार माैलाएकाे चिन्ता व्यक्त गर्दै उहाँले उद्यमशीलतासँग नजाेडिएकै कारण राजनीतिमा भ्रष्टाचार माैलाएकाे बताउनुभयाे ।

नेपालमा केही छैन भनेर निराश हुनुकाे सट्टा यहीँ केही गर्न सकिन्छ भन्ने उद्देश्यसाथ कुनै न कुनै उद्यमशीलतासँग जाेडिन पनि नेता गुरुङले युवाहरुलाई आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे - 'सबै युवासाथी उद्यमशील बन्नुस्, विदेशमा मात्रै साेचेर हुँदैन, नेपालकै केही गर्नुपर्छ भन्ने साेचसाथ अघि बढ्नुपर्छ ।'

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1