जिम्बावेविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Jun 18, 2023 - 06:37
 0
जिम्बावेविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
जिम्बावेविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आजबाट जिम्बावेमा सुरू आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ। घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।एकदिवसीय मान्यता पाएको पाँच वर्ष लाग्दा नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेल्दैछ।

यद्यपी नेपालले जिम्बावेसँग पहिलोपटक भने खेल्न लागेको होइन। यसअघि नेपालले जिम्बावेविरुद्ध खेलेका दुई खेललाई एकदिवसीय मान्यता थिएन। दुवै खेलमा नेपाल पराजित भएको थियो। 

विश्वकप छनोटमा नेपालका लागि पहिलो खेलमा नै चुनौती छ। आयोजक त्योमाथि टेस्ट टिम जिम्बावेविरुद्ध आज देखाउने खेलले प्रतियोगिताभर नेपालको खेललाई असर गर्नेछ। एकदिवसीय वरीयताको कुरा गर्ने हो भने जिम्बावे ११औं स्थानमा छ भने नेपाल १४औं स्थानमा छ।

प्रतियोगिताका लागि दश दिन दक्षिण अफ्रिकामा तयारी गर्दा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो। दुवै खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको थियो।

यस्तै अघिल्लो साता जिम्बावे पुगेको नेपालले युएईविरुद्धको पहिलो वार्मअप खेलमा पनि पराजय भोगेको थियो। ओमानविरुद्धको वार्मअप खेलमा भने नेपालले जित निकालेको थियो। ओमानविरुद्ध ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए। नेपालका लागि जिम्बावेको कन्डिसनमा ब्याटिङ गर्न सक्ने अर्को चुनौती हुनेछ। 

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

आज आयोजक जिम्बावेसँग खेलेपछि यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1