नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा

Jun 19, 2023 - 04:22
 0
नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा
नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा

काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित  गर्दै विजयी हासिल गरेको हो । नेपालको यो तेस्रो जित हो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार  पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो ।

यस जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो  । ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रह्यो ।  समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा रह्यो । 

यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.