बाढी-पहिराे पीडितकाे उद्धार र राहत तीब्र बनाइयाेस्, क्षतिबारे सरकारले सदनलाई जानकारी गराओस् : याेगेश भट्टराई

Jun 18, 2023 - 06:22
 0
बाढी-पहिराे पीडितकाे उद्धार र राहत तीब्र बनाइयाेस्, क्षतिबारे सरकारले सदनलाई जानकारी गराओस् : याेगेश भट्टराई
बाढी-पहिराे पीडितकाे उद्धार र राहत तीब्र बनाइयाेस्, क्षतिबारे सरकारले सदनलाई जानकारी गराओस् : याेगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद् योगेशकुमार भट्टराईले ताप्लेजुङ, संखुवासभा लगायत पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोबाट भएको क्षतिप्रति सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै सांसद् भट्टराईले बाढी-पहिराे पीडितकाे राहत र उद्धार तीव्र बनाउन सरकारसँग माग गर्नुभयाे । उहाँले पूर्वी पहाडी जिल्लामा बर्षासँगै आएको बाढी र पहिरोबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयाे ।

केही दिनदेखि आएकाे अवरिल वर्षापछि ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र पाँचथरमा ठूलो जनधनक्षति भएको भन्दै उहाँले ताप्लेजुङका फत्तालुङ लगायत विभिन्न गाउँपालिकामा बाढी पहिराेले दर्जनाैं घर क्षति भएका बताउनुभयाे । ५ जना मानिस वेपत्ता भएका र अरु मानिस पनि सुरक्षित ठाउँमा बस्नुपर्ने अवस्था आएकाे उहाँले बताउनुभयाे । ताप्लेजुङको हेवाखोला पुल बगेकाले सडक सम्पर्क टुटेको सांसद् भट्टराईले बताउनुभयाे । टेलिफाेन र विद्युत गृहमा क्षति पुग्नुका साथै पुलहरु ध्वस्त भएका उहाँले बताउनुभयाे ।

पाँचथर, संखुवासभा बाढी पहिराेले ठूलाे क्षति पुर्‍याएकाे भन्दै उहाँले ठूलाे मानवीय र भाैतिक क्षति भएकाे बताउनुभयाे । सरकारका तर्फबाट विपत्को यथार्थ जानकारी गराउन सांसद् भट्टराईले माग गर्नुभयाे । गृहमन्त्रीलाई विपद्काे र भाैतिकमन्त्रीलाई भाैतिक संरचनाकाे क्षतिबारे सदनलाई जानकारी गराउन उहाँले माग गर्नुभयाे । विपद्‍मा परेकाहरुकाे राहत, उद्दारमा जुट्न उहाँले सरकारसँग माग गर्नुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1