पाका कुरा कार्यक्रममा वडाध्यक्ष हिरालाल तन्डुकार ।

मंसिर ३०, काठमाडौं । स्रोताहरु, कार्यक्रम पाका कुरा यहाँहरुले हरेक शुक्रबार सांझ ६ः३० बजेदेखि ७ ः०० बजेसम्म दक्षिण एसियामै स्थानीय निकायद्धारा संचालित काठमाडौं महानगरपालिकाको मेट्रो एफ.एम. ९४.६ मेगहर्जमा नियमित सुन्न सक्नु हुनेछ । श्रोता यो कार्यक्रममा हामी जेष्ठ नागरिकहरुको ःशिक्षा, विवाह, परिवार , जागिर , सामाजिक जीवन लगायत वर्तमान समयमा उँहाहरुको दैनिक जीवन, उहाँहरुले भोगेका दुःख सुःख बारे पनि श्रोता समक्ष ल्याउने कोशिस गर्ने छौं । श्रोता यहाँहरुले मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको कार्यक्रम हाम्रो पात्रको एप डाउनलोड गरि इन्टरनेटमा पनि सुन्न सक्नु हुन्छ भने इन्टरनेटमा www.metronews.kathmandu.gov.np मा संसारभर सुन्न सक्नु हुनेछ भने मेट्रो एफ.एमको फेसबुक पेज Metro FM 94.6 MHz. मा सर्च गरि Facebook page मा प्रत्यक्ष रुपमा जोडिन पनि सक्नु हुनेछ ।
मेट्रो एफ.एम. ९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा राष्ट्रिय जेष्ठ नागरिक तथा काठमाडौं महानगरपालिकाका वडा नं ११ का वडाध्यक्ष हिरालाल तन्डुकार रहनु भएको थियो । उहाँ वि.स. २०४९ सालमा पहिलो पटक वडा नं ११ बाट त्यतिखेरको काठमाडौं नगरपालिकामा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।उहाँ वडाध्यक्ष भएकै समयमा आज भन्दा २९ वर्ष अघि तत्कालीन नेपाली काँग्रेसका तर्फबाट मेयर पी.एल.सिंहको समयमा वि.स. २०५२ साल मंसिर २९ गते शुक्रबार तदनुसार डिसेम्बर १५, १९९५ मा काठमाडौं नगरपालिकाबाट देशकै पहिलो महानगरपालिकाका रुपमा काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यतिखेर काठमाडौं महानगरपालिका घोषणा हँुदा पी.एल.सिंह अमेरिकामा हुनुहुन्थ्यो ।उहाँले अमेरिकाबाटै काठमाडौंलाई महानगरपालिका बनाउन पहल गर्नु भएको थियो ।
महानगरपालिका घोषणा हँुदाका साक्षी तथा वडा नं ११ का वडाध्यक्ष हिरालाल तन्डुकारको भनाई अनुसार त्यतिखेर काठमाडौं नगरपालिकामा नेपाली काँग्रेसको बहुमत थियो । वडाध्यक्षले वि.स. २०५४ मा काठमाडौं महानगरपालिकाको स्थानीय चुनावमा भाग लिनु भयो तर त्यतिखेर देशभरिकै स्थानीय निकायमा नेकपा एमालेले बहुमत पाएकाले उहाँ वडा नं ११ बाट वडाध्यक्षमा पराजित हुनु भयो । २०५४ सालमा नेकपा एमालेबाट केशव स्थापित काठमाडौं महानगरपालिकाको प्रमुखमा र बिदुर मैनाली उप प्रमुखमा निर्वाचित हुनु भएको थियो ।
त्यसपछि झण्डै सोह् वर्ष काठमाडौं महानगरपालिका लगायत देशभरिकै स्थानीय निकायहरु जन प्रतिनिधिविहीन भएका थिए । उता लामो अन्तराल पछि २०७४ सालमा भएको चुनाव तन्डुकार पुन वडा नं ११ को वडाध्यक्षमा निर्वाचित हुनु भयो भने वि.स. २०७९ को वैशाखमा भएको चुनावमा पुन उहाँ ११ वडाकै वडाध्यक्षमा निर्वाचित भइ हाल वडाध्यक्षको जिम्मेवारी गहनताको साथ निभाई रहनु भएको छ ।
तन्डुकारले हाल ६८ वर्ष पार गरेका जेष्ठ नागरिकहरुले हाल सामाजिक सुरुक्षा भत्ता अन्तर्गत मासिक जुन रु चारहजार प्राप्त गर्नु भएको छ र यो प्रक्रिया ल्याउन उहाँले वि.स. २०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व सरकारका अर्थमन्त्री भरत मोहन अधिकारीले जुन पहल गर्नु भएको थियो त्यसलाई कायान्वयन गर्न तथा व्यवहारमा ल्याउन वडाध्यक्ष तन्डुकारले ठुलो भुमिका खेल्नु भएको थियो ।
आफुले बाल्यकालमा देखेको काठमाडौं र हालको काठमाडौं बारे उहाँ आकाश जमीनको फरक रहेको बताउनु हुन्छ । त्यतिखेर अहिले जस्तो व्यक्तिका हातमा एन्डोयेड मोबाइल पनि नभएको र सिमीत व्यीक्तसंग मात्रै रेडियो रहेको र आफुले त्यतिखेर टेलिभिजन हेर्न १४ इन्चिको ब्लेक एण्ड ह्वाइट टिभी हेर्न ल्याएको स्मरण समेत गर्नु भयो ।
आफनो वडामा खुल्ला स्थान नरहे पनि उहाँले वडामा जेष्ठ नागरिकहरुको हकहितको लागि रहेको बताउनु भयो ।
What's Your Reaction?






