Metro FM 94.6 MHz. को कार्यक्रम पाका कुरामा   डा. सुरेन्द्र के.सी. ।

Dec 23, 2023 - 13:22
Dec 30, 2023 - 05:32
 0

पौष ७, काठमाडौं । स्रोताहरु, कार्यक्रम पाका कुरा यहाँहरुले हरेक शुक्रबार सांझ ६ः३० बजेदेखि  ७ ः०० बजेसम्म   दक्षिण एसियामै स्थानीय निकायद्धारा संचालित काठमाडौं महानगरपालिकाको  मेट्रो एफ.एम. ९४.६ मेगहर्जमा नियमित सुन्न सक्नु हुनेछ । श्रोता यो कार्यक्रममा हामी जेष्ठ नागरिकहरुको ःशिक्षा, विवाह, परिवार , जागिर , सामाजिक जीवन  लगायत वर्तमान समयमा उँहाहरुको दैनिक जीवन, उहाँहरुले   भोगेका दुःख सुःख बारे पनि श्रोता समक्ष ल्याउने कोशिस गर्ने  छौं । श्रोता यहाँहरुले मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको  कार्यक्रम  हाम्रो पात्रको एप डाउनलोड गरि इन्टरनेटमा पनि सुन्न सक्नु हुन्छ भने इन्टरनेटमा  धधध।mभतचयलभधक।पबतजmबलमग।नयख।लउ मा संसारभर  सुन्न सक्नु हुनेछ भने मेट्रो एफ.एम. फेजबुक पेज ढद्ध।ट ःज्श बाट प्रत्यक्ष रुपमा लाइभ जोडिन पनि सक्नु हुन्छ । 

मेट्रो एफ.एम. ९४.६ मेगाहर्जमा जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम पाका कुरामा इतिहासविद,परराष्ट्रविद तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी. रहनु भएको थियो ।उहाँ हाल काठमाडौं महानगरपालिकाको वडा नं २९ को घटटैकुलोमा स्थायी रुपले बसोवास गर्नु हुन्छ ।  लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नु भएका  डा. के.सीले  पाँच वर्ष अघि त्रि.वि. सेवाबाट अवकास लिनु भएको छ । 
वि.स. २०१३ साल पुर्वी नेपालको ताप्लेजुङ्ग जिल्लाको सावादिन ८ मा उहाँको जन्म भएको हो । गाउँको रविकला प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप् त गर्नु भएका डा. के.सीले मोती माध्यमिक विद्यालय खोकलिड.बाट माध्यमिक तह सम्मको अध्ययन गर्नु भयो र वि.स. २०३५ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानबाट स्नातक र २०३८ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तरको उपाधि प्राप्त गरे पछि सोहि विश्वविद्यालयबाट २०५३ सालमा नेपालमा कम्युनिस्ट आन्दोलन विषयमा विद्यावारिधी (पीएसडी )गर्नु भयो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अध्यापन प्रारम्भ गर्नु भएका डा .के.सी. वि.स. २०४५ सालमा डोटी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हुनु भयो र सोही पदमा वि.स.२०४५ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा नियुक्त हुनु भयो । र वि.स. २०४७ सालदेखि त्रिभुवन विवश्वविद्यालयको इतिहास केन्द्रीय विभागमा सह प्राध्यापकका रुपमा रहनु भयो र  वि.स. २०७५ सालमा सेवानिवृत हुनु भयो । 
हाल अवकासप्राप्त डा. केसीका अनेकौं अनुसन्धनात्मक तथा विश्लेषणात्मक लेख रचनाहरु विभिन्न जर्नल तथा पत्रपत्रिकाहरुमा प्रकाशित छन । डा. केसीका २४ वटा एकल ,३० वटा सहलेखन, विषयगत साधारण लेख रचना एकसय ६० भन्दा बढी, विषयगत अनुसन्धनात्मक लेख ५० भन्दा बढी, समसाययिक लेख ,एक हजार भन्दा बढी, कार्यपत्र प्रस्तुत ३० वटाभन्दा बढी छन भने डा. केसीले देश विदेशका पत्रपत्रिकामा अन्तवार्ता दुइसय भन्दा बढी, देश विदेशका टिभी, रेडियो र एफ.एम.हरुमा एक हजार भन्दा बढी अन्तवार्ता र युटुव च्यानलमा दुइ हजार भन्दा बढी अन्तवार्ता दिइ सक्नु भएको छ । 
अवकास पछि पनि डा. केसी विहान उठे देखि बेलुका सम्मको समयमा प्राय जसो विभिन्न सभा गोष्ठी, रेडियो ,टभिी, र युटुब  अन्तवार्तामा व्यस्त रहनु हुन्छ भने टेलिभिजनमा साप्ताहिक कार्यक्रम पनि आफै चलाउनु हुन्छ । 
आफु सर्व प्रथम वि.स.२०३६ सालतिर काठमाडौं आउँदा त्यतिखेर काठमाडौं उपत्याका हराभरा, थोरै घर, जनसंख्या एकदमै कम, वातावराण एकदम सफा  रहेको र अहिले ठिक त्यसको विपरीत हराभराको ठाउँमा कंकिटै कंकिटका संरचना बढेकोमा चिन्ता व्यक्त गर्नु हुन्छ । डा. केसी देशमा विकास  तथा रोजगारी सृजना  भए युवाहरुको  विदेश पलायन रोकिन सक्ने विदेशमा अध्ययनमा हुने खर्च रोकिने ,देशले फडको मार्न सक्ने आशा राख्नु हुन्छ । विभिन्न देशको भ्रमण गर्नु भएका डा. केसी देशमा रहेका विद्धान व्यक्तिहरुबाट सरकारले उहाँहरुको सीप, ज्ञान हासिल गरि उहाँहरुको योग्यतालाई सठिक व्यवहारमा ल्याउन सके देशमा विकास हुनेमा उहाँ आशा गर्नु हुन्छ ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register