राहुल गान्धी रायबरेलीबाट चुनाव लड्ने, अमेठीका कांग्रेस उम्मेदवार शर्मा को हुन् ?

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसले शुक्रबार उत्तरप्रदेश राज्यको रायबरेली र अमेठी सीटका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ। कांग्रेसले राहुल गान्धीलाई रायबरेलीबाट चुनावी मैदानमा उठाएको छ । राहुलले रायबरेलीबाट पहिलो पटक चुनाव लड्न लागेका हुन् । रायबरेली सिटमा भारतीय जनता पार्टी (भाजपा)ले दिनेश प्रताप सिंहलाई उम्मेदवार बनाएको छ । गत लोकसभा चुनावमा सिंहलाई सोनिया गान्धीले […]

May 3, 2024 - 09:09
 0
राहुल गान्धी रायबरेलीबाट चुनाव लड्ने, अमेठीका कांग्रेस उम्मेदवार शर्मा को हुन् ?

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसले शुक्रबार उत्तरप्रदेश राज्यको रायबरेली र अमेठी सीटका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ।

कांग्रेसले राहुल गान्धीलाई रायबरेलीबाट चुनावी मैदानमा उठाएको छ । राहुलले रायबरेलीबाट पहिलो पटक चुनाव लड्न लागेका हुन् ।

रायबरेली सिटमा भारतीय जनता पार्टी (भाजपा)ले दिनेश प्रताप सिंहलाई उम्मेदवार बनाएको छ ।

गत लोकसभा चुनावमा सिंहलाई सोनिया गान्धीले पराजित गरेकी थिइन् । सोनिया सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद् भइन् ।

यसपटक सोनियाले रायबरेलीबाट चुनाव नलड्ने निर्णय गरिन् । सोनिया अहिले राज्यसभाकी सांसद छिन् ।

उता कांग्रेसले अमेठी सिटमा किशोरी लाल शर्मालाई उम्मेदवार बनाएको छ । अमेठी सिटमा भाजपाबाट स्मृति इरानी चुनावी मैदानमा छिन् ।

पछिल्लो पटक स्मृति इरानीले अमेठीबाट राहुललाई हराएकी थिइन् ।

कांग्रेसको उम्मेदवारको सूची बाहिर आउने बित्तिकै प्रियंकाले यसपटक चुनाव नलड्ने निर्णय गरिन् । यसअघि उनी अमेठी वा रायबरेलीबाट चुनाव लड्ने अनुमान गरिएको थियो ।

प्रियंकाले शर्मालाई अमेठीको उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रो परिवारको किशोरी लाल शर्मा जीसँग वर्षौंदेखि सम्बन्ध छ। उहाँ सधैं अमेठी र रायबरेलीका जनताको सेवामा पूर्ण हृदयले संलग्न हुनुहुन्थ्यो। जनसेवाप्रतिको उनको लगाव आफैंमा एउटा उदाहरण हो ।’

प्रियंकाले थप लेखेकी छिन्, ‘आज यो खुसीको कुरा हो कि किशोरी लाल जीलाई कांग्रेस पार्टीले अमेठीबाट उम्मेदवार बनाएको छ । किशोरी लालजीको कर्तव्यप्रतिको निष्ठा र समर्पणले उहाँलाई यो निर्वाचनमा पक्कै पनि सफलता दिलाउँछ ।’

राहुल गान्धी र अमेठी सीट
राहुल गान्धी सन् २००४ मा अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए । त्यसपछि उनी यस सिटबाट लगातार सांसद चुनिए ।

तर, सन् २०१९ मा भाजपाकी स्मृति इरानीले राहुललाई हराएकी थिइन् । सन् २०१९ लोकसभा चुनावमा राहुलले केरलाको वायनाड सिटबाट चुनाव जितेर संसद्‌मा पुगे यसपटक पनि राहुल वायनाडबाट चुनाव लडिरहेका छन् ।

सन् १९९७ पछि यो पहिलो पटक हो, गान्धी परिवारका कुनै सदस्यले अमेठीबाट उम्मेदवारी दिएका छैनन् ।

सन् १९९९ मा सोनियाले अमेठीबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । यसपछि सन् २००४ मा सोनिया गान्धीले रायबरेलीबाट चुनाव लडेर जितिन् ।

यस वर्ष राहुल अमेठीबाट सांसद निर्वाचित भएका थिए । सन् २०१९ को बाहेक कांग्रेसले सन् १९९७ र १९९८ मा पनि अमेठी सीट गुमाएको छ । जब यस सीटमा गान्धी परिवारबाट उम्मेदवार थिएनन्।

अमेठी सीटको इतिहास
अमेठी र रायबरेलीलाई गान्धी परिवारको सिट मानिन्छ। फिरोज गान्धी सन् १९५२ र १९५७ मा यस सिटबाट सांसद निर्वाचित भएका थिए । इन्दिरा सन् १९६७ मा रायबरेलीबाट चुनाव लडेर लोकसभा पुगेकी थिइन् ।

इन्दिराले सन् १९७१ मा रायबरेली सिट जितिन् । तर, सन् १९७७ मा आपत्‌कालपछि उनले यो सिट गुमाएकी थिइन् ।

सन् १९८० मा इन्दिराले रायबरेलीबाट फेरि चुनाव जितिन् । तर, सोही समयमा उनले आन्ध्र प्रदेशको मेडक सिटबाट पनि जितिन् ।

गान्धी परिवारको राजनीतिक सुरूवात अमेठीबाट सन् १९८० मा भएको थियो। त्यसपछि सञ्जय गान्धी यही सिटबाट जितेर संसदमा पुगेका थिए । सञ्जयको मृत्युपछि राजीव गान्धी सन् १९८१ मा यही सिटबाट संसदमा पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register