गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो: विजुक्छें

May 30, 2023 - 03:04
 0
गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो: विजुक्छें
गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो: विजुक्छें

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिएको बताउनुभएको छ ।

गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उहाँको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उहाँले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दोह्याउनुभयो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उहाँको भनाई थियो । पटकपटक अपराधी शव्द दोह्याउँदै उहाँले  एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँंदा देश यो स्थितिमा पुगेको उहाँको भनाइ छ ।

एउटा राजाको ठाउँंमा धेरै राजाहरुले ठाउँं लिंदै आएको बताउँंदै उहाँले अपराधीहरुको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ती अपराधीहरुले नै देशलाई, जनतालाई दोह्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उहाँको  धारणा थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1