नेपालले सयको नोटमा चुच्चे नक्सा राख्दैमा सिमाको वास्तविकता परिवर्तन नहुने भारतको प्रतिक्रिया

काठमाडौं । एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णय नेपालको एकलौटी भएको भारतको प्रतिक्रिया छ । भारतका विदेशमन्त्री एस जयशंकरले सीमा व्यवस्थापनका विषयमा नेपाल एकलौटी ढंगले अघि बढ्न खोजेको टिप्पणी गरेका छन् । नयाँ दिल्लीको प्रस्ट धारणा रहेको भन्दै विदेशमन्त्री जयशंकरले काठमाडौंले एकपक्षीय रूपमा निर्णय गरे एक्लै हिड्न खोजेको प्रतिक्रिया दिएका […]

May 5, 2024 - 06:27
 0
नेपालले सयको नोटमा चुच्चे नक्सा राख्दैमा सिमाको वास्तविकता परिवर्तन नहुने भारतको प्रतिक्रिया

काठमाडौं । एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णय नेपालको एकलौटी भएको भारतको प्रतिक्रिया छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले सीमा व्यवस्थापनका विषयमा नेपाल एकलौटी ढंगले अघि बढ्न खोजेको टिप्पणी गरेका छन् । नयाँ दिल्लीको प्रस्ट धारणा रहेको भन्दै विदेशमन्त्री जयशंकरले काठमाडौंले एकपक्षीय रूपमा निर्णय गरे एक्लै हिड्न खोजेको प्रतिक्रिया दिएका हुन् ।

उनले दुवै मुलुक सीमाको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा केही गर्नु भनेको नेपालले धरातलको यथार्थलाई परिवर्तन गर्न नचाहेको टिप्पणी गरेका हुन् ।

उनले नेपालका तर्फबाट गरिने कामले दुई मुलुकबीचकोे धरातलको यथार्थ र नेपाल र भारतको अवस्थालाई परिवर्तन गर्न नसक्ने बताएको एनडीटीभीले जनाएको छ ।

नेपाल सरकारको निर्णयले दुई मुलुकको सिमाको वास्तविकतालाई छोप्न नसक्ने जयशंकरको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register