हजारौं समर्थकबीच इंग्ल्याण्डसँग खेल्यो नेपालले ऐतिहासिक फुटबल (तस्विरहरु)

लन्डन- नेपाली राष्ट्रिय फुटबल टिम इंग्ल्याण्ड सीसंगको ऐतिहासिक खेलमा २ गोल अन्तरले पराजित भएको छ । बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार दिउसो भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड सीले २ -० को जित हासिल गरेको हो । वर्षाका कारण पहिलो हाफमा नेपालको कमजोर प्रस्तुतिका कारण इंग्ल्याण्ड सीले दुई गोल स्कोर गरेपनि दोश्रो हाफमा नेपालले इंग्ल्याण्डलाई निकै दवावमा […]

May 6, 2024 - 18:26
 0
हजारौं समर्थकबीच इंग्ल्याण्डसँग खेल्यो नेपालले ऐतिहासिक फुटबल (तस्विरहरु)

लन्डन- नेपाली राष्ट्रिय फुटबल टिम इंग्ल्याण्ड सीसंगको ऐतिहासिक खेलमा २ गोल अन्तरले पराजित भएको छ ।

बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार दिउसो भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड सीले २ -० को जित हासिल गरेको हो ।

वर्षाका कारण पहिलो हाफमा नेपालको कमजोर प्रस्तुतिका कारण इंग्ल्याण्ड सीले दुई गोल स्कोर गरेपनि दोश्रो हाफमा नेपालले इंग्ल्याण्डलाई निकै दवावमा राख्यो ।

टिम कप्तान तथा गोल किपर किरणकुमार लिम्बुको उत्कृष्ट प्रदर्शनीका कारण नेपालले खेलमा दवाव दिइरहेको थियो । लिम्बु म्यान अफ दि म्याच पनि घोषित भएका छन् ।

८ हजार क्षमताको भरिभराउ रंगशालामा झण्डै ९० प्रतिशत नेपाली दर्शकले खेल अवधिभर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित लन्डनस्थित दूतावासका कर्मचारी र बेलायतको नेपाली समुदायका अभियन्ताहरु सहभागी थिए।

खेल हेर्न घण्टौं ड्राइभ गरी स्कटल्यान्ड, वेल्स, मिडल्यान्डलगायतका स्थानबाट नेपालीहरु अल्डरसट जम्मा भएका थिए । 

खेलपछि प्रिजेन्टेसन समारोहमा अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम, इंग्ल्यान्ड एफए पदाधिकारी, नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेलगातले खेलाडीलाई क्याप वितरण गरेका थिए ।

अल्डरसट टाउन फुटबल क्लवले एफए र नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो । नेपालले गोल गर्न नसकेपनि पहिलोपटक बेलायती भूमिमा खेल खेल्न पाउनुलाई प्रमुख उपलब्धि मानिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register