अर्जुनधारामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिकामा आज बेलुका चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बेलुका करिब पाँच बजेको समयमा झापा अर्जुनधारा–२ चौरासेका ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकै मकैबारीमा मकैमा मल लगाउँदै गरेको अवस्थामा अचानक गड्याङगुडुङसँगै परको चट्याङले दुलाललाई लागेको थियो [...] The post अर्जुनधारामा चट्याङ लागेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

May 7, 2024 - 16:37
 0
अर्जुनधारामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिकामा आज बेलुका चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

आज बेलुका करिब पाँच बजेको समयमा झापा अर्जुनधारा–२ चौरासेका ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकै मकैबारीमा मकैमा मल लगाउँदै गरेको अवस्थामा अचानक गड्याङगुडुङसँगै परको चट्याङले दुलाललाई लागेको थियो । छाति तथा पेटको भाग पिल्सिएको अवस्थामा दुलालका आफन्तले देखेर उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएका थिए । उनको उपचारको क्रममा बेलुका ६ः२० बजे मृत्यु भएको जनाइएको छ ।

The post अर्जुनधारामा चट्याङ लागेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register