कान्ती भैरवी जात्राको तयारी पूरा (तस्वीरहरु)

काठमाडौं। आमाको मुख हेर्ने दिन, अर्थात वैशाख कृष्ण औशीको दिन मनाइने गोकर्णेश्वरको कान्ति भैरवी जात्राको तयारी सकिएको छ। जात्रै जात्राको शहरको रुपमा परिचित काठमाडौंमा ‘भगवान पनि आमाको मुख हेर्न जाने’ जात्राको तयारी सकिएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ मा हुने यस जात्राको आफ्नै कथा छ। आमाको मुख हेर्ने दिन ‘भगवान पनि आमाको मुख हेर्न जाने’ […]

May 7, 2024 - 16:39
 0
कान्ती भैरवी जात्राको तयारी पूरा (तस्वीरहरु)

काठमाडौं। आमाको मुख हेर्ने दिन, अर्थात वैशाख कृष्ण औशीको दिन मनाइने गोकर्णेश्वरको कान्ति भैरवी जात्राको तयारी सकिएको छ।

जात्रै जात्राको शहरको रुपमा परिचित काठमाडौंमा ‘भगवान पनि आमाको मुख हेर्न जाने’ जात्राको तयारी सकिएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ मा हुने यस जात्राको आफ्नै कथा छ।

आमाको मुख हेर्ने दिन ‘भगवान पनि आमाको मुख हेर्न जाने’ जात्राको रुपमा यसलाई मनाउँदै आइएको छ।

मानदेवको पाला देखी चल्दै आएको यो जात्रालाई स्थानीय सरकारले यस वर्ष १५ लाख रुपैयाँ दिएको गोनपा ४ का वडा अध्यक्ष जयराम महतले जानकारी दिए।

वैशाख कृष्ण चतुर्दशी देखि अक्षय तृतीया सम्म जात्रा मनाइने छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register