प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया थाले अदालत जाने तयारीमा मुख्यमन्त्री कार्की

विराटनगर । अहिले कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री छन्, जो नेपालको संविधानको धारा १६८ को उपधारा ५ को व्यवस्थाबमोजिम मुख्यमन्त्री बनेका हुन् । तर, उनी अल्पमतमा परेको एक महिना बितिसक्यो । बहुमत गुमाउँदा समेत टसमस नभएका उनले न विश्वासको मत लिएका छन्, न मार्गप्रशस्त नै गरेका छन् । उनलाई समर्थन दिएका नेकपा (एमाले) र नेकपा […]

May 8, 2024 - 12:06
 0
प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया थाले अदालत जाने तयारीमा मुख्यमन्त्री कार्की

विराटनगर । अहिले कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री छन्, जो नेपालको संविधानको धारा १६८ को उपधारा ५ को व्यवस्थाबमोजिम मुख्यमन्त्री बनेका हुन् ।

तर, उनी अल्पमतमा परेको एक महिना बितिसक्यो । बहुमत गुमाउँदा समेत टसमस नभएका उनले न विश्वासको मत लिएका छन्, न मार्गप्रशस्त नै गरेका छन् ।

उनलाई समर्थन दिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चैत २५ गते समर्थन फिर्ता लिइसकेका छन् । यसपछि मुख्यमन्त्री कार्कीले संविधानत: वैशाख २५ भित्र विश्वासको मत लिनुपर्थ्यो । तर, उनले लिएनन् ।

यसपछि एमाले-माओवादी केन्द्र नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेका छन् । उनीहरूले ‘मुख्यमन्त्री कार्कीलाई स्वत: कामचलाउ भएको पत्र दिन र नयाँ सरकार गठनको प्रक्रिया थाल्न’ माग गरेका छन् ।

तर, मुख्यमन्त्री कार्कीले भने यदि एमाले-माओवादी केन्द्रको मागअनुसार प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको प्रक्रिया थाले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका मुख्यमन्त्री कार्कीनिकट सांसद शमशेर राई भन्छन्, “प्रदेश कोशीमा अहिले सरकार छ, भ्याकुम भएको अवस्था छैन । यति हुँदाहुँदै नयाँ सरकार गठनको प्रक्रिया थाल्ने व्यवस्था छैन । यदि चोर बाटोबाट त्यस्तो कदम चालिए कानूनी लडाइँ लड्छौँ, सर्वोच्च अदालत जान्छौँ ।”

प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र- नयाँ सरकार गठनको प्रक्रिया थालियोस्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register