अब खिजी देम्बापालिमा शिल प्याक पेय पदार्थमा लगाइयाे प्रतिबन्ध

ओखलढुंगा । ओखलढुंगाको खिजी देम्बा गाउँपालिकाले बहु वर्षी कम्पनीद्धरा उत्पादित रक्सीहरूका साथै डिउ कोक लगायत सिसा तथा प्लास्टिक बोतलमा सिल भई आउने पेय पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । खिजी देम्बा गाउँ पालिकाको यही माघ २६ गते बसेको कार्यपालिकाको बैठकले प्लास्टिक जन्य बोतलमा सिल प्याक भई आउने पेय पदार्थमा रोक लगाउने निर्णय गरेको थियो […]

May 8, 2024 - 12:20
 0
अब खिजी देम्बापालिमा शिल प्याक पेय पदार्थमा लगाइयाे प्रतिबन्ध

ओखलढुंगा ।

ओखलढुंगाको खिजी देम्बा गाउँपालिकाले बहु वर्षी कम्पनीद्धरा उत्पादित रक्सीहरूका साथै डिउ कोक लगायत सिसा तथा प्लास्टिक बोतलमा सिल भई आउने पेय पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । खिजी देम्बा गाउँ पालिकाको यही माघ २६ गते बसेको कार्यपालिकाको बैठकले प्लास्टिक जन्य बोतलमा सिल प्याक भई आउने पेय पदार्थमा रोक लगाउने निर्णय गरेको थियो ।

खिजी देम्बा गाउँपालिकाले सिसाको बोतलमा सिल प्याक भएर आउने बियर, रम, भोट्का लगायतका रक्सी जन्य पदार्थका साथै डिउ, कोक, मिरिन्डा लगायतका प्लास्टिक जन्य बोतलमा सिल प्याक भएर आउने पेय पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको हो । खिजी देम्बा गाउँ पालिकाको नागरिकहरूको स्वास्थ्यमा मध्यनजरमा राखेर सिसा जन्य बोतल र प्लास्टिक जन्य बोतलमा सिल प्याक भएर आउने पेय पदार्थहरु खिजी देम्बा गाउँपालिकामा प्रवेशका साथै बिक्री वितरणमा रोक लगाइएको खिजी देम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताएका छन् ।

बियर, रम, भोट्का लगायतका नसालु पेय पदार्थहरु स्वास्थ्यका दृष्टिकोणले अति खतरनाक रहेकाले यी खालका पेय पदार्थहरूको बिक्री वितरणमा रोक लगाइएको अध्यक्ष शेर्पाको भनाई रहेको छ । पालिका अध्यक्ष शेर्पाले नागरिकहरूको स्वास्थ्यका साथसाथै वातावरणीय सन्तुलन कायम राख्नका लागी पनि सिसा र प्लास्टिक जन्य बोतलका पेय पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको स्पष्ट पारेका छन् । डिउ, कोक, मिरिन्डा लगायतका बहु वर्षीय कम्पनीले उत्पादन गरेका पेय पदार्थहरूमा चिनीको मात्रा अत्याधिक हुने र चिनि पनि स्वस्थकर चिनि प्रयोग नहुने भएकाले डिउ, कोक, मिरिन्डा लगायतका पेय पदार्थ पिउन योग्य नरहेको समेत अध्यक्ष शेर्पाको भनाई रहेको छ ।

सिसा र प्लास्टिक जन्य बोतलका पेय पदार्थहरु पालिकामा प्रवेश हुँदा सिसाका बोतल र प्लास्टिकका बोतलहरूको व्यवस्थापन गर्न कठिन भएकाले वातावरण प्रदूषित हुने भएकाले वातावरणीय सन्तुलन कायम राख्नका लागी समेत पालिकामा सिसा र प्लास्टिक जन्य बोतलमा आउने पेय पदार्थहरूको प्रवेशमा रोक लगाइएको अध्यक्ष शेर्पाको भनाई रहेको छ । मानवीय स्वास्थ्य र वातावरणीय सरसफाइका साथै पालिका भित्रका अर्थतन्त्र बाहिरिन नदिनका लागी समेत गालीकाले यो कदम चालेको अध्यक्ष शेर्पाको भनाई रहेको छ ।

मानिसहरूले डिउ कोकको बोतल देखे पछि दही मही तिर आँखा लगाउनै छाडे, आफू कोक डिउ मिरिन्डा पिएर मही फाल्न थाले , अव मानिस दही मही पिउँछन् र पशु जन्य पदार्थको बिक्री वितरणमा वृद्धि हुन्छ । अनि नागरिकहरू पालिका छाडेर अन्यत्र जाँदैनन् खुसी मुद्रामा पालिका अध्यक्ष शेर्पाले सिसा र प्लास्टिक जन्य पेय पदार्थमा रोक लगाउनुको कारण बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register