काजु, बदाम वा पिस्ता केमा हुन्छ धेरै प्रोटिन ?

एजेन्सी । स्वास्थ्यका लागि प्रोटिन एकदमै जरूरी पोषक तत्व हो किनकी यसले मांसपेशीहरूको निर्माण गर्दछ । प्रोटिनले हड्डीलाई बलियो बनाउँछ र सम्पूर्ण स्वास्थ्यलाई बढावा दिन्छ । प्रोटिन बिना कोही व्यक्ति स्वस्थ रहनु असम्भव हुन्छ । ड्राई फ्रूट्समा प्रोटिन भरपूर मात्रामा पाइन्छ, जसको सेवन गर्नु सम्पूर्ण स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यस्तोमा लाग्न सक्छ, कुन […]

May 8, 2024 - 12:21
 0
काजु, बदाम वा पिस्ता केमा हुन्छ धेरै प्रोटिन ?

एजेन्सी । स्वास्थ्यका लागि प्रोटिन एकदमै जरूरी पोषक तत्व हो किनकी यसले मांसपेशीहरूको निर्माण गर्दछ । प्रोटिनले हड्डीलाई बलियो बनाउँछ र सम्पूर्ण स्वास्थ्यलाई बढावा दिन्छ । प्रोटिन बिना कोही व्यक्ति स्वस्थ रहनु असम्भव हुन्छ ।

ड्राई फ्रूट्समा प्रोटिन भरपूर मात्रामा पाइन्छ, जसको सेवन गर्नु सम्पूर्ण स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यस्तोमा लाग्न सक्छ, कुन ड्राई फ्रूट्समा सबैभन्दा धेरै प्रोटिन पाउन सकिन्छ ।

बदाम सबैभन्दा चर्चित ड्राई फ्रूट्स मानिन्छ । बदाम मोटोअनस्याचुरेटेड फ्याट र फाइबर भरपूर मात्रामा पाइन्छ । धेरै फाइदा पाउनका लागि बोक्रासँगै बदाम खाने सल्लाह दिइन्छ । एक चौथाई कप बदाममा चार ग्राम प्रोटिन हुन्छ ।

त्यस्तै, खजुरमा पनि विभिन्न भिटामिन्स्, खनिज, एन्टीअक्सीडेन्ट र प्रोटिन पाइन्छ । यसबाहेक यसमा म्यागनीज र सेलेनियम पनि पाइन्छ । मात्र पाँच वटा खजुरमा दुई ग्राम प्रोटिन पाइन्छ ।

ओखर पनि उच्च मात्रामा प्रोटिन भएको फल हो । यसमा आइरन, भिटामिन बी १२ र कैयौं अन्य जरूरी पोषक तत्वहरू उच्च मात्रामा पाइन्छ । एक चौथाई कप ओखरमा पाँच ग्राम प्रोटन पाइन्छ ।

अन्य नट्सहरूको तुलनामा पिस्तामा अमिनो एसिड्स धेरै पाइन्छ । यो सबैभन्दा राम्रो प्रोटिनयुक्त ड्राई फ्रूट्स मध्य एकमा पर्दछ किनकी ३० ग्राम पिस्तामा ६ ग्राम प्रोटिन पाउन सकिन्छ ।

मुंगफलीमा पनि धेरै प्रोटिन पाउन सकिन्छ । एक चौथाई कप मुंगफलीमा प्रोटिनको मात्रा ९.५ ग्राम हुन्छ ।

यदी तपाईं एउटा त्यस्तो सुपरफूडको खोजीमा हुनुहुन्छ जसबाट तपाईंले तुरून्तै ऊर्जा पाउन चाहनुहुन्छ भने मखाना भन्दा राम्रो अरू केही छैन । जम्मा १४ ग्राम मखानामा मात्र ९.७ ग्राम प्रोटिन हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register