छात्राको फेक अकाउन्ट बनाई अश्लील तस्वीर पोष्ट गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्चका स्थायी बासिन्दा २८ वर्षिय पुरूष रहेका छन् । ती पुरूषलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो । ती पुरूषमाथि अनलाइन अध्ययन प्रयोजनको लागि खोलेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका तस्वीर […]

May 8, 2024 - 12:36
 0
छात्राको फेक अकाउन्ट बनाई अश्लील तस्वीर पोष्ट गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्चका स्थायी बासिन्दा २८ वर्षिय पुरूष रहेका छन् । ती पुरूषलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो ।

ती पुरूषमाथि अनलाइन अध्ययन प्रयोजनको लागि खोलेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका तस्वीर डाउनलोड गरी फेक फेसबुक आईडी बनाई, अश्लील तस्वीरमा ती छात्राको अनुहार जोडी, अश्लील गतिविधि युक्त कन्टेन्ट लेखि पोष्ट गरी चरित्र हत्या गरेको आरोप छ ।

ती पुरूषविरूद्ध विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register