झापा गाउँपालिकामा ३४२५ जनाले लिन्छन् सामाजिक सुरक्षा भत्ता

नेत्र बिक्रम बिमलीझापा, २६ बैशाख । झापा गाउँपालिकामा वार्षिक ३४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले दिनुभएको जानकारी अनुसार चालू आर्थिक बर्ष २०८०र०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार ४ सय २५ पुगेको छ । यो संख्या दिनप्रतिदिन बढदै गएको छ । नेपाल [...] The post झापा गाउँपालिकामा ३४२५ जनाले लिन्छन् सामाजिक सुरक्षा भत्ता appeared first on Jhapa Online.

May 8, 2024 - 14:55
 0
झापा गाउँपालिकामा ३४२५ जनाले लिन्छन् सामाजिक सुरक्षा भत्ता

नेत्र बिक्रम बिमली
झापा, २६ बैशाख ।
झापा गाउँपालिकामा वार्षिक ३४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले दिनुभएको जानकारी अनुसार चालू आर्थिक बर्ष २०८०र०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार ४ सय २५ पुगेको छ । यो संख्या दिनप्रतिदिन बढदै गएको छ ।

नेपाल सरकारले प्रदान गर्ने ८ वटा कलस्टरका १२८२ पुरुष र २१४३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छ्न । झापा गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरि पठाएका जेष्ठ नागरिक, जेष्ठ दलीत, एकल महिला, विधवा, पूर्ण अपांगता, अति अशक्त र अपांगता, दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३र३ महिनामा बैंकमार्फत उनीहरुकै खातामा हालिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिनुभयो ।

पालिकाले उपलब्ध गराएको विवरण अनुसार ९१२ पुरुष र ९६२ महिला गरी १८७४ जना जेष्ठ नागरिकले मासिक ४ हजारका दरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छ्न ।

त्यस्तै, ६० देखि ६८ उमेर समुहका जेष्ठ दलित ५८ पुरुष र ४५ महिला गरी १०३ जनाले मासिक २३६० जेष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको उपलब्ध विवरणमा जनाइएको छ ।

त्यसैगरी, ३२० जना एकल महिला र ५५४ जना विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउँदै आएको छ भने १३६ जना पूर्ण अपांगता भएका ७३ पुरुष र ६३ जना महिलाले समेत मासिक ३९९० का दरले अपांगता भत्ता प्राप्त गरिरहेका छ्न् ।

त्यस्तै अति अशक्त अपांगता भएका १२४ पुरुष र ८८ जना महिला गरी २१२ जनाले मासिक २१२८ रुपैयाँ भत्ता प्राप्त गरिरहेको उल्लेख छ ।

त्यसैगरी, दलित बालबालिका ७७ पुरुष र ६५ महिला गरी १४२ जनाले मासिक ५३२ रुपैयाँका दरले भत्ता पाउने गरेका छ्न भने लोपोन्मुख जातिका ३८ पुरुष र ४६ महिला गरि ८४ जनाले मासिक ३९९० रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै एकल ६० देखि ६७ बर्षका पुरुष र ८४ बर्ष माथिका जेष्ठ नागरिकलाई समेत वाषिर्क ६ हजार रुपैयाँका दरले प्रोत्साहन स्वरुप भत्ता दिँदै आएको छ ।

झापा गाउँपालिकामा मात्र बार्षिक सामाजिक सुरक्षा भत्ता मार्फत ४ करोड ७० लाख भन्दा बढी खर्च हुने गरेको पालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

The post झापा गाउँपालिकामा ३४२५ जनाले लिन्छन् सामाजिक सुरक्षा भत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register