शिवसताक्षी नगरपालिकाद्वारा ७० जना श्रमिक सम्मानित

शिवसताक्षी, २५ बैशाख । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको हो । नगरको रोजगार शाखाले १ सय दिन ज्यालमा काम गर्ने श्रमिकहरुलाई थप हौसला प्रदान गर्न श्रम संस्कृति [...] The post शिवसताक्षी नगरपालिकाद्वारा ७० जना श्रमिक सम्मानित appeared first on Jhapa Online.

May 7, 2024 - 16:43
 0
शिवसताक्षी नगरपालिकाद्वारा ७० जना श्रमिक सम्मानित

शिवसताक्षी, २५ बैशाख । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको हो ।

नगरको रोजगार शाखाले १ सय दिन ज्यालमा काम गर्ने श्रमिकहरुलाई थप हौसला प्रदान गर्न श्रम संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत सम्मान गरिएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा लगायतले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले प्रधानमन्त्री रोजगार कार्यक्रमले नगरका श्रमिकहरुलाई राहत पुगेको बताए । नगर भित्रका गरिब तथा विपन्न समुदायमा आय आर्जन मै कठिनाई भएका बेला कम्तिमा पनि १ दिनको रोजगार पाउने गरेका छन् । त्यसबाट आउने एकमुष्ठ रकमले उनीहरुलाई घर खर्च र छारा छोरीको पठाई खर्च गर्न राहत पुगेको उनको भनाई छ । श्रमिकले सीप सिक्ने मौका पाएका छन् भने, नगरपालिकाले पनि रोजगार कार्यक्रमका श्रमिकहरु मार्फत गराएका विकास निर्माणका काम प्रभावकारी देखिएको नगरप्रमुख थोप्राले जानकारी दिए ।

नेपालको संविधानको मैलिक हक अन्तर्गत धारा ३३ रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न बेरोजगार व्यक्तिहरुलाई न्युनतम रोजगारीको प्रत्याभूति गर्नुका साथै आवश्यक रोजगार सेवा र सहयाता प्रदान गर्न सार्वजनिक पूर्वाधाररुको निर्माण स्तरोन्नती र विस्तारमा योगदान गर्न प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको हो ।

स्थानीय सरकारमा उपलब्ध जनशक्तिको सहत्तम उपयोग गर्दै मुलुक भित्र पर्याप्त रोजागरीको अवसर सृजना गरी आर्थिक विकासमा योगदान पुर्याउने गरी सरकारले प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

आ.व. २०८० ÷०८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम काम गर्ने एउटा कामदारले जम्मा ६८ हजार ८ सय रकम प्राप्त गरेका छन् । नगरपालिकाका गरिब तथा विपन्न परिवारका ७० जनालाई नगर विकासका कामहरुमा श्रमिकका रुपमा लगाइएको शिवसताक्षी नगरपालिकाले रोजगार शाखाले जनाएको छ ।

The post शिवसताक्षी नगरपालिकाद्वारा ७० जना श्रमिक सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register