एक हप्तादेखि बेपत्ता चितवनकी लामिछाने भेटिइन्

काठमाडौं । कलंकीबाट एक सातादेखि वेपत्ता भएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति मन्दि‍र परिसरमा भेटिएकी छन् । उनी पशुपति क्षेत्रमा रहेको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती स्थानतिर खोजीमा लागेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनलाई आरती हुने क्षेत्रमा फेला पारिएको  हो । चितवन कालिका नगरपालिका-६ टाँडी घर […]

May 8, 2024 - 15:03
 0
एक हप्तादेखि बेपत्ता चितवनकी लामिछाने भेटिइन्

काठमाडौं । कलंकीबाट एक सातादेखि वेपत्ता भएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति मन्दि‍र परिसरमा भेटिएकी छन् । उनी पशुपति क्षेत्रमा रहेको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती स्थानतिर खोजीमा लागेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनलाई आरती हुने क्षेत्रमा फेला पारिएको  हो ।

चितवन कालिका नगरपालिका-६ टाँडी घर भएकी  २२ वर्षीया स्नेहा सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत थिइन् । वैशाख १९ गते एक्लै घरबाट निस्किएको उनी  सम्पर्कविहिन भएकी थिईन् ।

परिवारले खोजी गरिदिन निवेदन दिएपछि  जिल्ला प्रहरी परिसरले उपत्यकाका विभिन्न नाकामा सीसी क्यामराको सहयोगमा खोजी गरिरहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register