माता तीर्थ औंशीमा शिवसताक्षीका १०३ वर्षीय मातासहित २५ जना ज्येष्ठ आमाहरु सम्मानित

शिवसताक्षी, २६ बैशाख । झापा शिवसताक्षी नगरपालिकाका आदिबासी ज्येष्ठ आमाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले माता तीर्थ औंशीको अवसरमा शिवसताक्षी ६ का आदिबासी समुदायका २० जना ज्येष्ठ आमाहरुलाई खादा ओडाएर, साडी प्रदान गरेर सम्मान गरिएको हो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी ६ की महिला सदस्य गोमा रिजालले ज्येष्ठ आमाहरुलाई खादा लगाइदिएर [...] The post माता तीर्थ औंशीमा शिवसताक्षीका १०३ वर्षीय मातासहित २५ जना ज्येष्ठ आमाहरु सम्मानित appeared first on Jhapa Online.

May 8, 2024 - 15:07
 0
माता तीर्थ औंशीमा शिवसताक्षीका १०३ वर्षीय मातासहित २५ जना ज्येष्ठ आमाहरु सम्मानित

शिवसताक्षी, २६ बैशाख । झापा शिवसताक्षी नगरपालिकाका आदिबासी ज्येष्ठ आमाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकाले माता तीर्थ औंशीको अवसरमा शिवसताक्षी ६ का आदिबासी समुदायका २० जना ज्येष्ठ आमाहरुलाई खादा ओडाएर, साडी प्रदान गरेर सम्मान गरिएको हो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी ६ की महिला सदस्य गोमा रिजालले ज्येष्ठ आमाहरुलाई खादा लगाइदिएर साडी तथा फलफुल प्रदान गरेका हुन् ।

आमा जननी हुन् , धर्ती हुन्, आमाको ममता अरु कोही सँग दाजिँदैन, यहाँ कयौ आमाहरु छन् । जसका लागि कोही पनि सन्तान् छैनन् । भए पनि आफुसँग छ्रैनन् । आज नगरपालिकाले त्यस्ता आमाहरुलाई सम्झिएको उपप्रमुख नरमाया कार्कीले बताइन् ।

शिवसताक्षी ६ किसान टोलका ताजपुरिया, मर्डी, राजवंशी समुदायका ज्यष्ठ आमाहरुको दुःख, शुख र समस्याहरु बुझ्दै उहाँको सु स्वास्थ्य एवम दीघार्यूको कामना गरिएको उपप्रमुख कार्कीले जानकारी दिइन् । उनले आउँदा दिनमा किसान टोलका महिला दिदीबहिनीहरुको जीवन स्तर उकास्ने खालका कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

त्यस्तै महिला सदस्य गोमा रिजालले हामी जनप्रतिनिधीले गाउँ गाउँ गएर दुःख पीडामा परेका महिलाहरुका लागि काम गर्दै आएको बताइन् । आज हामीले किसान टोलमा आएका छौ । यहाँका महिला दिदीबहिनीको समस्या बुझ्ने मौका पाएको उनको भनाई थियो ।

किसान टोलकी रिना मर्डीले उपप्रमुख घरमै आएर हाम्रा आमाहरुको सुख,दुःख बुझ्दै सम्मान गरिदिनु भएको खुसी व्यक्त गरेको बताइन् । उनले आज मात्र होइन बेला बेलामा हाम्रो टोलमा आउन पनि आग्रह गरेकी थिइन् ।

त्यस्तै नगरउपप्रमुख कार्कीले स्थानीय १ सय वर्षीय ज्ञानी माया भण्डारीलाई घरमै गएर सम्मान गरेकी छिन् । त्यस्तै धार्मिक तथा पर्यकीय स्थल सताक्षीधाम लामो समयदेखि बस्दै आएकी १०३ वर्षीय हरिमाया मातालगायत अन्य ४ जना महिलाहरुलाई पनि सम्मान गरिएको थियो ।

The post माता तीर्थ औंशीमा शिवसताक्षीका १०३ वर्षीय मातासहित २५ जना ज्येष्ठ आमाहरु सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register