योनीलाई सफा र स्वस्थ राख्ने तरिका

एजेन्सी । महिलाले आफ्नो योनी स्वस्थ राख्न सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसको सरसफाईमा कमी हुँदा विभिन्न प्रकारका संक्रमण हुन सक्छन् । योनीको सरसफाई गर्ने आफ्नै तरिका हुन्छ जसलाई जानेर गर्दा नकारात्मक असर पर्दैन । योनीको सफाई कसरी गर्ने भन्नेबारेमा जानौं । योनीको सफाई सामान्य पानी वा हल्का मनतातो पानीले गर्न सक्नुहुन्छ । कतिपय […]

May 8, 2024 - 17:45
 0
योनीलाई सफा र स्वस्थ राख्ने तरिका

एजेन्सी । महिलाले आफ्नो योनी स्वस्थ राख्न सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यसको सरसफाईमा कमी हुँदा विभिन्न प्रकारका संक्रमण हुन सक्छन् । योनीको सरसफाई गर्ने आफ्नै तरिका हुन्छ जसलाई जानेर गर्दा नकारात्मक असर पर्दैन ।

योनीको सफाई कसरी गर्ने भन्नेबारेमा जानौं ।

योनीको सफाई सामान्य पानी वा हल्का मनतातो पानीले गर्न सक्नुहुन्छ । कतिपय महिला योनी सफा गर्न नुहाउने साबुनको प्रयोग गर्छन् । यसो गर्नु हानिकारक हुन्छ । साबुनमा हुने केमिकलले योनीमा नकारात्मक असर पर्न सक्छ ।

यसका लागि डाक्टरले सुझाएको धुने सामग्री वा सादा पानी प्रयोग गर्नु पर्दछ ।

तौलियाको प्रयोग

शरीरको अन्य भाग सफा गरिसकेपछि हामीले तौलियाको प्रयोग गरेर पुछ्ने गर्छौं । त्यसरी नै महिलाले पनि योनी सफा गरेपछि सफा तौलियाले पुछेर सुख्खा बनाउनु पर्दछ । यसले संक्रमणको डर हुँदैन ।

टिस्यु पेपर

हरेक पटक पिसाब गरेपछि पानीले नै सफा गर्नुपर्छ भन्ने जरुरी हुँदैन । धेरै पानीको प्रयोग पनि राम्रो हुँदैन । त्यसैले पिसाब गरिसकेपछि टिस्यूले पनि योनीलाई सफा र सुख्खा राख्न सकिन्छ ।

सुतीको भित्री वस्त्र

योनीको सुरक्षा तथा स्वास्थ्यका लागि सधै सुतीको कपडा नै प्रयोग गर्नुपर्छ । यसका लागि सुती वा मुलायम कपडाले बनेको भित्री वस्त्रको प्रयोग गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register